News Portal

  • उपराष्टपतिमा जित्ने सुनिश्चित छ :- अष्टलक्ष्मी शाक्य

    जनगर्जन संवाददाता
    १०७ पटक

    काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) बाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यले १०राजनीतिक दलले पुरुष उम्मेदवार उठाएर गलत ट्रेन बसालेको र आफ्नो दल बाहेक अरुकुनै पनि दल बाट महिलाहरुलाई अग्रपंक्तिमा लिन नखोजेको टिप्पणी गरेकी छन।

    आज (शुत्रबार) नयाँ बानेश्वरस्थित् संसद् भवनको मतदान केन्द्रमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै शाक्यले राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उठाउनु संविधानको भावना र मर्म अनुरुप गलत भएको बताएकी हुन् ।

    ‘१० दल एकातिर बसेपनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने,संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाको छ, यो एकदमै गलत भयो,’– उनले भनिन् ।

    उपराष्ट्रपतिमा आफू विजयी हुनेमा कुनै शंका नरहेको उनले बताइन् । अहिलेको आफ्नो उम्मेदवारी चाहना नभएर आवस्यकता भएको उनले बताइन् । उपराष्ट्रपतिमा निर्वाचित भएर संविधानको भावना र मर्म अनुरुप समाजिक रुपान्तरणको काम गर्ने उनले बताइन् । उपराष्ट्रपतिमा जित्ने ढुक्क रहेको उनको दाबी छ ।

    प्रतिकृया दिनुहोस्