News Portal

  • भक्तपुर ट्याङ्करको ठक्करबाट एक जना बालकको मृत्यु

    जनगर्जन संवाददाता
    १०८ पटक

    ३ मंसिर, काठमाडौं । भक्तपुर झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको ट्याङ्करको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

    रामेछापको सुनापाती गाउँपालिका-४ घर भई भक्तपुरको ब्यासी बस्ने ७ वर्षीय बिवेश तामाङको मृत्यु भएको हो ।

    भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुल नजिक आज बिहान १० बजे बा५ख ९१४२ नम्बरको ट्याङ्करले ठक्कर दिएको हो ।

    ट्याङ्करको ठक्करबाट सख्त घाइते भएका तामाङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
    प्रहरीले बालकलाई ठक्कर दिने ट्याङकरका चालक कमलबिनायकका सिताराम पक्का नेवारलाई नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस्