News Portal

  • अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ केन्द्रीय समितिले सुरु गर्यो राष्ट्रियताको पक्षमा सडक कविता आन्दोलन

    जनगर्जन संवाददाता
    ३८० पटक

    काठमाडौं भाद्र १० । अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ केन्द्रीय समितिको आयोजनामा राष्ट्रियताको पक्षमा सडक कविता आन्दोलन सुरु गरिएको छ ।

    देश यतिबेला ईतिहासकै सर्वाधिक संकटमा परेको छ । राष्ट्रिय संकटको यो घडीमा लेखक, कवि , साहित्यकार , बुद्धिजीवीहरु चुपलागेर बस्न सकिँदैन भन्दै  । आज रत्नपार्कवाट सुरु भएको सडक कविता आन्दोलन उपत्यकाको तीन जिल्ला हुँदै देशका मुख्य शरहरमा लगिने महासंघका महासचिव एवम् कवि कुशल बोगटीले बताए ।

    एमसीसी , एसपीपी, नागरिक्ता विधेयक लगायतका राष्ट्रघाति सन्धि-सम्झौताका विरुद्ध मार्क्सवादी कवि मित्रलाल पंगेनी , कवि केशव सिलवाल, छम गुरुङ, खेम आचार्य, कुशल बोगटी, सुवास जोशी, धनराज घिसिङ, लगाएत दर्जन भन्दाबढी कविहरुले कविता वाचन गरेका थिए । सामनाका कलाकारद्वय गोविन्द विक र राम बहादुर परियारले राष्ट्रियताको पक्षमा गीत प्रस्तुत गरेका थिए । कार्यक्रम महासंघ केन्द्रिय सदस्य एवम् कवि मुक्तान थेबाले संचालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्