News Portal

  • अखिल नेपाल लोककलाकर्मी संघ केन्द्रीय समितिको बैठक सम्पन्न

    जनगर्जन संवाददाता
    ३९० पटक

    काठमाडौं । अखिल नेपाल लोककलाकर्मी संघ केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले राजनीतिक, वैचारिक, संगठनात्मक र संघर्षबारे विभिन्न निर्णयहरु गरेको छ ।

    बैठकले जनवादी लोकगीत संगीत क्षेत्रमा काम गर्दै आउनु भएका कलाकारको संरक्षण, लोकदोहोरी गीत संगीत क्षेत्रमा देखापरेका छाडापन, उछृङ्खल गाउने कलाकारहरुलाई समाजबाट नङ्ग्याउदै निरुत्साहित गर्न संघर्ष गर्ने निर्णय गरेको छ ।

    बैठकले संगठनलाई क्रान्तिकारी लोककलाकर्मीहरुको केन्द्रका रुपमा स्थापित गर्न विचार, संगठन र संघर्षलाई जोड दिदै गीत संगीतको क्षेत्रमा केन्द्रीकरण र हस्तक्षेपलाई बढाउने निर्णय गरेको छ । बैठकले संगठनका तत्कालीन अध्यक्ष दुण्डीराज अधिकारीलाई पदमुक्त गर्दै सरल माझिको नेतृत्वमा ९ सदस्यीय सम्मेलन आयोजक समिति गठन गर्नुका साथै केन्द्रीय समितिमा विभिन्न जिल्लाहरुबाट नयाँ सदस्य थप गर्न पहल गर्ने निर्णय समेत गरेको छ ।

    बैठकमा अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव कुशल बोगटीको प्रमुख आतिथ्यता, महासंघका कार्यालय सदस्य बुद्ध लामाको उपस्थित र संगठनका संयोजक सरल माझीको अध्यक्षतामा बसेको थियो । बैठकमा बोल्दै महासंघका महासचिव बोगटीले लोककलाकर्मी संघले लोकसंस्कृतिको संरक्षण गर्ने जिम्मेवारी लिनु पर्ने बताउनु भयो । हामी जनवादी मार्क्सवादी कलकारहरुको काधमा यो जिम्मेवारी थपिएको छ । लोक गीत संगीत, भेषभुसा, लोक संस्कृतिले समाजवादी व्यवस्थाको पक्षमा गीत गाउन ,लेख्न, कलम चलाउन जरुरी रहेको बताउनुभयो ।

    बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो कार्यक्षेत्रको रिपोर्ट, अनुभूति र सुझावहरु राख्नुभएको थियो । यसअघि महासंघले निर्णय गरेको देशव्यापी कविता आन्दोलनमा सहभागीता जनाउने , पार्टीको नवौं महाधिवेशनको देशव्यापी प्रचार गर्ने, पार्टीको नवौं महाधिवेशनमा लोकझाँकी सहित आफ्नो प्रस्तुति दिने, संगठनलाई व्यवस्थित गर्ने, सदस्यता विस्तारलाई तीव्रता दिने लगायतका निर्णयहरु गरेको छ ।

    प्रतिकृया दिनुहोस्