News Portal

फेरि प्रधानमन्त्री बन्ने प्रचण्डको चाहना

जनगर्जन संवाददाता
४८१ पटक

काठमाडौं : सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आफूसँग अब देशलाई नयाँ युगतिर लैजाने सपना रहेको भन्दै तेस्रो पटक प्रधानमन्त्री बन्ने इच्छा रहेको बताएका छन् ।

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै पुनः देशको नेतृत्व गर्न पाए देशका वर्तमान तमाम विकृतिहरुमाथि प्रहार गर्दै अघि बढने बताए ।

आफु पहिलो पटक प्रधानमन्त्री हुँदा सपना हो कि विपना हो भन्दाभन्दै झिलिमिली मै कार्यकाल बितेको र इतिहासमै राम्रो आर्थिक वृद्धिदर आफ्नो दोस्रो कार्यकालमा भएकोले दोस्रो कार्यकाल गर्व गर्न लायक रहेको उनले दावी गरे ।

प्रतिकृया दिनुहोस्