News Portal

  • चाँगुनारायण नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको विजयी हासिल

    जनगर्जन संवाददाता
    २७५ पटक

    ४ जेठ, काठमाडौं   बैशाख ३०मा सम्पन्न भएको स्थानिय निर्वाचनमा भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेस र उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

    प्रमुख पदमा कांग्रेसका जीवन खत्री ९ हजार ५५० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी विना बास्तोलाले ९ हजार १६० मत पाइन् । राप्रपाका रविन्द्र प्रताप शाहले ८ हजार ६७, नेमकिपाका केशव प्रसाद तिमिल्सिनाले ३ हजार २६७ र माओवादी केन्द्रका नरेश खड्काले ८६८ मत पाए ।

    यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेका रमेश बुढाथोकी ११ हजार १०७ मतसहित विजयी बने । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुभद्रा काफ्लेले ९ हजार ७६ मत पाइन् । राप्रपाकी मञ्जु कार्कीले ६ हजार ८६, नेमकिपाका कल्पना लामाले ३ हजार ३७४ र माओवादी केन्द्रका चण्डिका पाण्डेले ७९८ मत पाएका छन् ।

    प्रतिकृया दिनुहोस्