News Portal

  • सरकार र नेकपा बिच भएको सहमति प्रति सरकार इमानदार भएन : नेता लामा

    जनगर्जन संवाददाता
    ५२३ पटक

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडाैं जिल्ला इन्चार्ज माइला लामाले सरकार र नेकपा बिच भएको ३ बुदे सहमति प्रति जिम्मेवार नभएको बताएका छन । राजधानीमा आयाेजित एक कार्यक्रममा बाेल्दै नेता लामाले नागरिकलाई संकट पर्दा नेकपा सधै साथमा रहेको बताएका छन् ।

    नेकपाले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसंचार केन्द्रमा आयोजना गरेको रक्दान कार्यक्रममा बोल्दै नेता लामाले कोरोनाका कारण राष्ट्र र नागरिकलाई परेको समस्यामा पार्टी पनि सहभागी भएको बताए । उनले केन्द्रीय रक्तसंचार केन्द्रमै रगतमा अभाव हुँदै गएको भन्ने जानकारी पाएपछि रक्तदान आयोजना गरिएको बताए ।  रगत अभावका कारण नागरिकको ज्यान गइरहेको सुन्नमा आएको छ । राष्ट्र र नागरिकलाई आएको संकटमा सहभागीमा हुन्छौं भनेर पार्टीका नेता, कार्यकर्ता, तथा युवायुवतीहरुको उत्साहजनक सहभागी हुनुभएको छ । कोरोनासँगको लडाइँमा रक्तदानले सहयोग हुनेछ” नेता लामाले भने ।

    नेता लामाले आफ्नो पार्टी जनताप्रति उत्तरदायी भएको हुनाले रक्तदान आयोजना गरिएको लामाले बताए । उनले रक्तदानले नागरिकको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास गरे । “कोभिड–१९ जो विपत्ति खडा गरेको छ, यो विपत्तिसँग लड्न भावनात्मक रुपमा एकता रक्तदानले सहयोग गर्ने विश्वास लिएका छौं” लामाले भने नेकपाका काठमाडौँ इन्चार्ज समेत रहेका लामाले अहिले नेपालका राजनीतिक पार्टी र सरकार जनताको स्वास्थ्यप्रति गम्भीर हुने बताए । उनले संसदभित्र रहेका पार्टीहरुलाई जनताको स्वास्थ्यभन्दा सत्ताको लुछाचुडी गरिरहेको बताउँदै अहिलेको व्यवस्थाप्रति निरासा र चिन्ता बढेको बताए । उनले आफ्नो पार्टीले वैज्ञानिक समाजवादमार्फ जनताका सबै खाले समस्या समाधान गर्न खोजेको बताए

    आफ्नो पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको बताए । “सरकार र हाम्रो पार्टीबीच भएको तीन बुँदे कार्यान्वयन नहुँदा हाम्रा धेरै नेता कार्यकर्ता जेलमै हुनुहुन्छ । तीन बुँदामा हाम्रो पार्टीले गरेको प्रतिवद्धताअनुसार हाम्रो पार्टी गइरहेकै छ । तर, सरकारले आफ्नो प्रतिवद्धता पूरा नगरेकोले आक्रोस बढेकाे बताएका छन्

    प्रतिकृया दिनुहोस्