
११ वैसाख, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पावरको व्यापक दुरुपयोग भएको छ । प्रतिष्ठानका उच्च तहका पदाधिकारीहरुले लोकसेवा आयोगले लिएको परिक्षाको अन्तीम नतिजा नआउदै उहि पदमा आफ्ना मान्छे राख्न करार विज्ञापन खोलेका छन ।
सत्तारुढदल नेकपा एमाले निकट स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन उपकुलपति मंगल रावत र रजिष्ट्रार नृपेन्द्र महतले प्रतिष्ठानमा कार्यकर्ता भर्ति गर्न यस्तो चलखेल गरेका हुन ।
प्रतिष्ठानमा गत मंसिर २८ गते लोकसेवा आयोग मार्फत करिव २ सय कर्मचारीहरुको खुल्ला विज्ञापन आहवान गरिएको थियो ।
स्थायी पदपूर्तिकाे विज्ञापन र परिक्षाकाे सुचना
जसको परिक्षाको फागुन ३ गते सुचना भई परिक्षा भएपनि नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन । लोकसेवा आयोगले लिएको स्थायी दरवन्दीको परिक्षाको नतिजा नआउदै उही पदहरुमा प्रतिष्ठानले पुनः करार कर्मचारी माग गर्दै विज्ञापन खोलेको हो ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी उपकुलपति डा. रावल र रजिष्ट्रार महतले २०८१ साल फागुन १२ गते प्रतिष्ठानको वेवसाईटमा करार कर्मचारीको विज्ञापन प्रकाशन गर्नु भएको थियो ।
प्रतिष्ठानले करार कर्मचारी भर्नाका लागि खोलिएको विज्ञापनमा परिक्षाको लागि यहि वैसाख ५ गते सूचना सार्वजनिक गरेको छ । जसको लिखित परिक्षा वैसाख १२ गते हुने उल्लेख छ ।
करार कर्मचारी विज्ञान र परिक्षा ताेकिऐकाे सुचना
प्रतिष्ठानले संस्थाको आधारभूत नियमको पालना नगरी कानुन विपरित आफ्ना मान्छेहरुलाई सेटिङ्ग गर्न करार कर्मचारीहरुको विज्ञापन सार्वजनिक गरिएको एक कर्मचारीले बताएका छन ।
उनले स्थायी पद र करार पदमा पदहरु दोहोरिनु लोकसेवा आयोगको परिक्षामा आफना मान्छेहरु नपर्ने त्रासले नयाँ पदको सृजना गरी सेटिङ्ग गर्न खोजिएको आरोप लगाएका छन ।
स्थायी र करार पदमा आइटी अफिसर र रेडियोग्राफर दोहोरिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइटीमा अहिले पनि २ जना कर्मचारीले काम गरिरहेका छन ।
प्रतिष्ठानको मंसिरमा सार्वजनिक गरिएको विज्ञापनमा एक स्थायी पद खोलिएको छ । फेरि पनि अहिले आफ्ना पार्टीका र आफ्नो मान्छेहरुलाई सेटिङ्ग गर्न थप एक जना करार आइटीको विज्ञापन खोलिएको छ ।
प्रतिष्ठानले रेडियोग्राफरमा पनि कर्मचारी प्रयाप्त हुदाहुदै स्थायी र करार दुवै खोलेको छ । प्रतिष्ठानको लाइब्रेरी कक्षमा अहिले पनि तीन जना कर्मचारीहरुले काम गरिरहेका छन । जहाँ दरबन्दी नै छैन । अस्पताल प्रशासनले अहिले थप १ जना करार कर्मचारीको माग गरेको छ ।
प्रतिष्ठानको अस्पतालको ल्यावमा अहिले १२ जना कर्मचारी कार्यरत छन । जो अस्पतालका लागि प्रयाप्त हो । तर ल्याव टेक्नोलोजिष्ट, रेडियो टेक्नोलोजिष्टमा आफ्ना मान्छेहरुलाई घुसाउन फेरी पनि करार विज्ञापन खोलिएको एक कर्मचारीले बताएका छन ।
अस्पताल प्रशासनको आन्तरिक श्रोतले दिएको जानकरी अनुसार प्रतिष्ठानले खोलेका करार कर्मचारीको कारण प्रतिष्ठानलाई वाािर्षक ५ करोड १७ लाख,७८ हजार ६ सय ८० रुपैया आर्थिक भार थपिने छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारीको सेवाका शर्त र सुविधा सम्बन्धि नियमावली (२०६९ पाँचौ संशोधन २०८१।०८।२८ समेत)को परिच्छेद ४ को नियम ३२ मा प्रतिष्ठानको सभावाट स्वीकृत दरबन्दीमा रहि कुनै विषेश कामका लागि मात्र शिक्षक वा कर्मचारी भर्ना गर्न सकिने र खुला प्रतिस्पर्धाको आधारबाट मात्र करार सेवामा नियूक्त गर्न सकिने व्यवस्था छ ।
प्रतिष्ठानमा हाल कार्यरत कर्मचारी यस अघि स्थायी पदका लागि विज्ञापन गरेको पद संख्या र हाल विज्ञापनका पदहरु हेर्दा दरबन्दी भन्दा धेरै पदहरु सभाबाट स्वीकृत समेत नगराई विज्ञापन गराईएको पाईएको छ ।
विज्ञापनको धेरैजसो पदमा अन्तर्वाताबाट मात्र परिक्षा लिन खोजेको देखिदा नियम विपरित भएको आन्तरिक श्रोतको दाबी छ ।
प्रतिष्ठानले वैसाख ५ मा सार्वजनिक गरेको परिक्षाको सूचनामा ल्यावटेक्नोलोजिष्ट, रेडियो टेक्नोलोजिष्ट, आईटी अधिकृत, ल्याव असिष्टेन्ट, लाईब्रेरियन र रेडियोग्राफरको लिखित परिक्षा शुक्रवार दिउसो २ बजेबाट हुने तोकेकोे छ ।
‘एकातिर प्रतिष्ठानका पदाधिकारीको पदावधि सकिदैछ, अर्कोतिर स्थायी पदमा ठुलो संख्यामा शिक्षक तथा कर्मचारी लोकसेवाबाट आउदैछ यो बेला करार पदमा परिक्षा गर्न खोल्नु पावरको चरम दुरुपयोग हो’ एक कर्मचारीले बताएका छन । यसभित्र ठुलो आर्थिक चलखेल भएको पनि दावी गरिएको छ ।
अस्पताल प्रशासनका एक कर्मचारीले बताए अनुसार आफ्ना नजिकका नातेदारहरुको भर्ति गर्न यसो गरिएको हो । किनकी स्थायी परिक्षाको नतिजामा आफन्तहरुको नामहरु आउने निश्चित नै छैन । जसले गर्दा करार दरवन्दी खोलेर आफन्तहरुलाई सेटिङ गर्न खोजिएको हो ।
अस्पताल प्रशासनका एक जना कर्मचारीले प्रतिष्ठानको अनिमियताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा २०८१ साल फागुन १९ गते विज्ञापन रद्दको माग गर्दै उजुरी परेको खुलासा गरेका छन । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसवारे तिव्र चासो दिएको पाईएको छैन ।
जसका कारण अस्पतालको उच्च तहले आफना पार्टी निकट र आफ्नो नातेदारहरुलाई करार कर्मचारीको रुपमा भित्र्याउन निकै जोडतोडका साथ लागेको छ ।
प्रतिष्ठानको उच्च तहले वैसाख १२ गते हुने परिक्षामा कुन पदमा कुन मान्छे ल्याउन खाजेको हो ? त्यो पनि परिक्षा अगाबै खुलासा भएको छ । ‘यो परिक्षा नभएर परिक्षाको नाटक मञ्चन मात्र गरिएको हो’ एक कर्मचारीले आरोप लगाए ।
अहिले प्रतिष्ठानका उपकुलापति रावत भने अवकास भईसक्नु भएको छ । प्रतिष्ठानको कार्यवाहक निमित्त उपकुलपति डब्बल बहादुुर धामी तोकिनु भएको छ । उहाँलाई यसवारे बुझन खोज्दा आफू जुम्ला बाहिर भएकाले केही भन्न नसकिने प्रतिक्रिया दिनु भएको छ ।
परिक्षा नहुदै को –को छानिदैछन कर्मचारीहरु ?
करार विज्ञापनको सि.नं. ७ मा भएको Md in Forensic विषयमा प्रतिष्ठानका उपकुलपति डा. रावलका साथि डा. बिनम्र विष्टलाई पास गर्ने तयारी छ भने विज्ञापनको सि.नं. ८ मा भएको MSc in Biostatistics विषयमा प्रतिष्ठानका उपकुलपति डा. रावलका अर्का साथि डा. उमेश राज अर्याललाई नियुक्ति गर्ने तयारी छ ।
यस्तै विज्ञापनको सि.नं. ९ मा भएको Md in Biochemistry विषयमा प्रतिष्ठानका उपकुलपति डा. रावलका अर्का साथि डा. तिर्थ नारायण शाहलाई लिने सुनिश्चित गरिएको छ । विज्ञापनको सि.नं. १० मा भएको MSc/Phd in Microbiology विषयमा प्रतिष्ठानका उपकुलपति डा. रावलका अर्का साथि डा. चन्दन कुमार ठाकुरलाई नियुक्ति गर्ने तयारी छ ।
विज्ञापनको सि.नं. ११ मा भएको Ma in Sociology विषयमा प्रतिष्ठानका उपकुलपति डा. रावलका साथि तथा नेकपा माओवादी केन्द्र जुम्ला जिल्ला पार्टीका सह इन्चार्ज दल जि.सीकी श्रीमती सन्दिया चौलागाँईलाई लिने गृहकार्य गरिएको छ ।
विज्ञापनको सि.नं. १५ मा भएको Radio Technologist विषयमा प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको भिनाजु चन्दननाथ नगरापालिका वडा नं. ३ निवासी क्षेत्र बुढ्थापाको छोरीलाई लिने तयारी गरिएको खुलासा भएको छ ।
विज्ञापनको सि.नं. १७ मा भएको It Officer विषयमा प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको भान्ज चन्दननाथ नगरापालिका चंडा नं. ५ निवासी उमेश रोकायालाई लिने तयारी गरिएको छ ।
यस अघि पनि मिति २०६९।०४।२५ गते भएको विज्ञापनमा रोकायालाई सातौ तहमा नियुक्ति गर्ने प्रयास गरिएको थियो । तर अख्तियारमा परेको उजुरीले रद्ध भएको थियो । फेरी उहाँलाई छैटौ तहमा नियुक्ति गरिएको थियो । अहिले भने उहाँलाई सातौं तहमा लिने तयारी गरिएको अस्पताल प्रशासनका एककर्मचारीले दाबी गरेका छन ।
विज्ञापनको सि.नं. १९ मा भएको Lab Assistant विषयमा प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको नातेदार तथा एमाले कार्यकर्ता संगिता काकी र जनक भण्डारीलाई नियुक्ति गर्ने तयारी छ । यसरी हेर्दा वाहिर भने बैसाख १२ गते परिक्षा हुने छ भन्ने मञ्चन गरिएको छ ।
प्रतिष्ठानलाई कति आर्थिक भार थपिदैछ ?
प्रतिष्ठानको ऐन २०६९ को परिच्छेद १० को दफा ४३ मा नेपाल सरकारलाई थप आर्थिक व्यायभार पर्ने विषयमा नियम बनाउँदा नेपाल सरकारको आर्थिक स्वीकृति लिनु पर्नेछ भन्ने व्यवस्था छ ।
प्रतिष्ठानको हालको बार्षिक आम्दानी करिव २४ करोड २० लाख छ । प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको बार्षिक तलब खर्च करिव रु. ४२ करोड ५० लाख छ ।
हाल प्रतिष्ठानले गरेको स्थायी र करार सेवाका कर्मचारीहरुको बार्षिक खर्च करिव ३० करोड २१ लाख ४ हजार २० हुने छ ।
प्रतिष्ठानमा आम्दानी र खर्चको हिसाव गर्दा करिव ४८ करोड ५१ लाख ४ हजार २० ऋणात्मक हुने छ ।
यस्तो छ अख्तियार पारेको उजुरी