
धनगढी । नेपाल कम्युनिस्ट पार्टीले बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका वडा न ६ बाम्का बजारमा भएको आगलागी नियन्त्रणमा समयमै पहल नहुनु दु:खद भएको बताएको छ।नेकपा सुदुरपश्चिम इन्चार्ज भरत सीले आज एक प्रेस बिज्ञप्ति जारी गरी घटनाप्रति दुख व्यक्त गरेका हुन् ।
नेकपा सुदुरपश्चिम प्रदेश समितिको तर्फबाट जारी गरिएको बिज्ञप्तिमा ´बाजुरा जिल्लामै एउटा पनि दमकल नहुनु र छिमेकी जिल्लाबाट समयमै दमकलको व्यवस्था गर्न नसक्नुले पनि आगलागि समयमै नियन्त्रण नहुँदा क्षती बढेको देखिन्छ । यस्ता घटनाप्रति सरकार गम्भीर र जिम्मेवार बन्न आवश्यक छ` भनिएको छ।
बिज्ञप्तिमा -आगलागी पिडितलाई उचित उद्दार र पुनः स्थापनामा जुट्न पार्टी पङ्क्ति, नागरिक समाज सबैलाई हार्दिक अपिल गर्दछौं र स्थानीय सरकार लगायत सम्बन्धित निकायलाई राहात र क्षतिपूर्तीको व्यवस्था गर्न जोडदार माग गर्दछौं समेत भनिएको छ।
जेष्ठ २३ गते बाजुरा जिल्लाको बुढीगंगा न. पा. ६ बाम्का बजारमा सिलिन्डर ग्यास पड्केर आगलागी हुँदा करिब ४० घर जलेर नष्ट भएका थिए भने करोडौंको हाराहारिमा क्षती भएको छ ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी बाजुरा जिल्ला इन्चार्ज भुपेन्द्र सीले शुक्रबार प्रेस बिज्ञप्ति जारी गरी घटनाबारे दुख व्यक्त गर्दै राहत र उद्दारमा लाग्न अपिल गरेका थिए।
विज्ञप्ति