News Portal

हिजो आज राजा आउ देश बचाउका नाराले यो इतिहास भुले छन ?

जनगर्जन संवाददाता२०८२ जेठ १९
४० पटक

काठमाडौं । तत्कालिन राजा वीरेन्द्र शाह लगायत उहाँको परिवारको वंशनास भएको आज २३ बर्ष पुरा भएको छ ।

२०५८ साल जेठ १९ गते शुक्रवार आजैको दिन नारायणहिटी राजदरबारमा राखिएको भोज कार्यक्रममा तत्कालिन राजा वीरेन्द्र र भाई धीरेन्द्रको परिवारको षड्यन्त्रपूर्ण हत्याकाण्ड रचि वंशनाथ गरिएको २३ बर्ष पुरा भएको हो ।

हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा कान्छो धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको निधन भएको थियो ।

गोली लागि वेहोस भएका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते हतार हतार राजा घोषणा गरिएको थियो । दीपेन्द्र बेहोस भई अस्पतालमा उपचाररत रहेका बेला तत्कालीन अधिराजकुमार भनेर ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो । दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्र शाहलाई नै राजा घोषणा गरिएको थियो ।

यो हत्याकाण्ड आफु राजा बन्न ज्ञानेन्द्र शाहले रचेका हुन । ज्ञानेन्द्र शाहको डिजाईनले दिपेन्द्रको मुकुण्डोमा पारसले गोली चलाएर हत्या गरेको नेपाली जनताको ठोकुवा छ । आफ्नै भाईको वंशनास गरि राजा हुने षड्यन्त्र गरेका ज्ञानेन्द्र शाहमाथि अहिलेसम्म कुनै स्वतन्त्र छानविन गरी कानुनी कार्वाही भएको छैन ।

ज्ञानेन्द्र शाह खुल्लम खुल्ला हिडिरहका छन । उनले हत्याकाण्ड आफूबाट नभएको इन्कारी गरिरहे पनि यो कुरा नेपाली जनताले कहिल्यै पत्याउने छैनन् । हत्याकाण्डको बेला ज्ञानेन्द्रको परिवार सबै जोगिने वीरेन्द्र र धिरेन्द्रको परिवारका सदस्यहरु मात्र सबै मारिने कुराले ज्ञानेन्दको डिजाइन भएको जो कोही नेपाली जनताले बुझेको छ ।

तर यसलाई तोडमोड गर्न तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय छानबिन समितिले दीपेन्द्रले नै सबैको हत्या गरी आत्महत्या गरेको भन्ने झुट्टो प्रतिवेदन बुझाएको थियो ।

प्रतिकृया दिनुहोस्