News Portal

विप्लवको प्रश्न: सैद्धान्तिक अर्थशास्त्रमा मात्रै जोड गर्ने की जनतालाई पैसा बनाउन सिकाउने ?

जनगर्जन संवाददाता२०८२ जेठ २
८३ पटक

कैलाली । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विद्यार्थीहरुलाई परम्परागत बृटिश अर्थशास्त्र मात्रै पढाउने की जनतालाई पैसा बनाउन पनि सिकाउने भनि प्रश्न गरेका छन् । घोडाघोडी क्याम्पसद्वारा आयोजित `अकेडिमीया इन्डस्ट्री डाइलग´मा शुक्रबार बोल्दै महासचिव विप्लवले अब बिदेशीहरुले बनाएको पाठ्यक्रमले मात्रै नेपालको आर्थिक बिकासको दिशानिर्देश संभव नहुने बताउनु भयो ।

“हामीले विद्यार्थीलाई शास्त्रीय अर्थशास्त्र पढाउदै आएका छौं तर त्यतिले मात्रै देश ले समृद्धि प्राप्त गर्न सकेन-” बिप्लवले भन्नु भयो- “यसको मुख्य कारण हामी सङ्ग भएको श्रम र समयको प्रयोग र परिचालन हुन सकेन , यो नै हाम्रो आर्थिक बिकासको प्रमुख समस्या हो।”

नेपालको राजनीति अर्थशास्त्र के हो, यो कस्तो हुनुपर्छ भन्ने बिषय निर्क्यौल हुन नसकेको भन्दै महासचिव विप्लवले अर्थशास्त्रलाई केहि सिमित बुद्धिजीवीको हातमा छोडिदिने गरिएको बताए ।

`नेपालमा कृषि क्रान्ति संभावना र चुनौती´ शीर्षकमा प्रस्तुति दिँदै महासचिव विप्लवले अघिल्लो पुस्ताले राजनीति संघर्ष गर्‍यो तर आर्थिक पाटोमा ब्यबहारिक रूपमा सफल हुन नसकेको उल्लेख गर्दै देशको आत्मनिर्भरताको लागि कृषि र समृद्धिका लागि उद्योग भन्ने मान्यता सहित आफू अगाडि बढीरहेको बताउनु भयो।

आफूहरुले जनयुद्ध र त्यसपछिको माओवादी आन्दोलनमा देखिएको आर्थिक दृष्टिकोण सम्बन्धि समस्यालाई कसरी हल गर्ने भन्नेबारे अनुसन्धान गरि श्रम,उत्पादन,अनुसन्धान र संघर्षलाई सिद्धान्त र व्यबहारको रूपमा संलेषण गरेको बताउनु भयो।

नेकपाले कुनै व्यक्ति विशेषको कुरा होइन आम मान्छेको कुरा गरेको भन्दै महासचिव विप्लवले अमेरिका , युरोपदेखि दुनियाँमा जति पनि बिकास भएको छ त्यसको प्रमुख कारण श्रम नै भएको भन्दै उहाँले समय र श्रमको सहि प्रयोग गर्ने हो भने सबै मान्छे रमाएर बाँच्ने बनाउन सकिने र त्यसका लागि देश र समाज सुहाउँदो नेपाली विशेषताको ब्यबहारिक अर्थशास्त्र जरुरी रहेको बताए ।

प्रतिकृया दिनुहोस्