News Portal

  • बर्दियाको सिमानामा निहुरो टिप्ने क्रममा गोली हानि एक नेपालीको हत्या

    जनगर्जन संवाददाता
    ४९२ पटक

    काठमाडौं । बर्दियासँग सिमाना जोडिएको भारतीय मुर्तीहाको घना जंगलमा निहुरो टिप्न गएका एक नेपाली माथि गोली प्रहार भएको छ ।

    बिहीबार बेलुकी निहुरो टिप्न गएका गुलरिया नगरपालिका- ३ का ५४ वर्षीय हेमराज गोडिया माथि गोली प्रहार भएको थियो ।

    गोली लागेर घाइते भएका गोडियालाई राति नै एम्बुलेन्समा उपचारका लागि गुलरिया अस्पताल पुर्याएकोको थियो । अत्याधिक रगत बगेका कारण उनको मृत्यु भएको प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए । उनलाई कसले गोली हानेको हो अनुसन्धान भइरहेको उनले जनाए ।

    स्रोतका अनुसार भारतीय वन रक्षकले गोली प्रहार गरेको आशंका गरिएको छ । कतरनिया वन्यजन्तु आरक्ष भएका कारण अनधिकृत रुपमा जंगल प्रवेश गरेको भन्दै वन रक्षकले गोली हानेको शंका गरिएको छ । गुलरिया अस्पतालमा शव परीक्षण पछि शुक्रबार दिउँसो आफन्तीले उनको शव बुझेर लगेका छन् ।

    प्रतिकृया दिनुहोस्