News Portal

  • मलामी गएका व्यक्ति भेरी नदीमा डुबेर बेपत्ता खोजिकार्यमा गोताखोर परिचालन

    जनगर्जन २०८१ बैशाख १३
    ६१ पटक

    वैशाख १३, काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ रानीघाटमा मलामी गएका व्यक्ति भेरी नदीमा बेपत्ता भएपछि खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।

    चौरजहारी ९ कोटजहारी बस्ने ६१ वर्षीय नारायण खड्का १२ वैशाखमा मलामी गएको बेला नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

    सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ६ जनाको गोताखोर टोलीले आज दिउँसो ३ बजेदेखी खोजी गरेको छ र अहिलेसम्म नभेटिएको कारण शुक्रबार बिहानैदेखि पुनः खोजी सुरु गर्ने प्रहरीले जनाएको छ ।

    । ।

    प्रतिकृया दिनुहोस्