News Portal

  • शिवराज नगरपालिका ९ कपिलवस्तुको सिद्ध पैरामा आगलागी हुँदा ४ घर गोठ जलेर नष्ट

    सुस्मा सहकारी २०८० चैत्र २१
    १७० पटक

    चैत्र २१, कपिलवस्तु । शिवराज नगरपालिका ९ कपिलवस्तुको सिद्ध पैरामा आगलागी हुँदा ४ घर गोठ जलेर नष्ट भएको छ।

    बिहान ४/५ बजेको समयमा सिद्धपैराको बिच गोठबाट सुरु भएको आगलागीले जस बहादुर घर्ती मगर(बिजगौडी)राम बुढा मगर(बानियाभार)सोभे घर्ती मगर (बिजगौडी) विक्रम पुन (बानियाभार) ४ जनाको घर गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

    गोठमा भएका २०० खसी ,बोका ,बाख्रा मध्ये ९० जलेर नष्ट भएको छ भने घरको २० देखि ३० कुखुरा पनि जलेर नष्ट भएको छ त्यसैगरी अहिलेसम्मको विवरणमा अन्दाजी ८ लाख बराबरको क्षती भएको स्थानीय लाल बहादुर घर्ती मगरले जानकारी दिएका छन , उनले बनेका छन पूरा विवरण आउन अझै बाकी छ ।

    आगलागी के कति कारणले भयो भने कुरा अझै एकिन भैनसकेको र यो समयमा हावाहुरी बढी लाग्ने हुदा उच्च खतरा भएको हुँदा सचेतता अपनाउनु आवश्यक छ।

    प्रतिकृया दिनुहोस्