News Portal

  • नेकपा सल्यान ईन्चार्ज भिमसेन सी द्वारा मदन सीका बुवाको निधनप्रति दुःख व्यक्त

    जनगर्जन २०८१ बैशाख १३
    ३८ पटक

    बैशाख १३,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सल्यान जिल्ला इन्चार्ज भिमसेन सी ले नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य मदन सीका बुवाको निधनप्रति दुःख व्यक्त गरेका छन् । बिहीबार शोक वक्तव्य जारी गर्दै भिमसेनले मदन सीका बुवा फत्तेबहादुर चन्द्रको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

    दार्मा गाउँपालिका ५, ढाकाडामकोट सल्यान निवासी चन्दको ६५ बर्षको उमेरमा २०८१ साल वैशाख ११ गते भएको दुःखद निधन भएको थियो । भिमसेन सी ले वक्तव्य मार्फत उनको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

    ‘बुवाको निधनप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै कमरेड मदन सीलगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।’, वक्तव्यमा भनिएको छ । फत्तेबहादुरको परिवारमा जीवन संगिनी कलदेवि चन्द, छोराहरु मदन सी, टेकम चन्द, तेजस्वी चन्द र विदेन्द्र चन्द रहेका छन् ।

    प्रतिकृया दिनुहोस्