News Portal

  • विप्लव नेतृत्वको नेकपाले २०८४ को निर्वाचनमा भाग लिने

    शोभराज बराल२०८१ बैशाख ५
    १९८ पटक

    बैशाख ५,कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीले २०८४ सालको निर्वाचनमा भाग लिने भएको छ । नेकपा केन्द्रीय कार्यालय कपिलवस्तुमा जारी केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले २०८४ को निर्वाचन प्रयोग गर्नुपर्ने धारणा राखेका छन् । विद्यमान व्यवस्था अन्तर्गत हुने चुनाव पनि आन्दोलन र क्रान्तिकै मोर्चा भएको बताउँदै विप्लवले २०८४ मा चुनाव प्रयोग गर्ने बताएका हुन् ।

    आज विहानदेखि सुरु भएको नेकपा नवौं केन्द्रिय समितिको पाचौं पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले चुनाव सम्बन्धि पार्टी धारणा प्रस्ट पारेका हुन् । चुनावलाई कार्यनीति र रणनीतिको रूपमा विभाजन गरेर बुझ्ने कम्युनिस्ट आन्दोलनको पुरानो चलनले अब काम नगर्ने भन्दै महासचिव विप्लवले चुनाव पनि क्रान्तिकै भिन्न मोर्चा भएकोले आगामी २०८४ मा हुने भनिएको चुनावलाई पनि त्यसरी नै लिनुपर्ने बताए ।

    ‘चुनाव पनि क्रान्तिकै मोर्चा हो । यसलाई विगतमा कार्यनीतिक प्रयोग वा रणनीतिक प्रयोग भनेर विभाजन गरेर बुझ्ने चलन थियो अब त्यसरी हुन्न, त्यो पुरानो तरिका हो’, महासचिव विप्लवले २०८४ को चुनावबारे पार्टी लाइन के हुने भन्नेबारे प्रस्ट्याउदै भने, ‘साम्राज्यवाद अहिले नयाँ ढङ्गले आएको छ, ऊ कम्युनिस्ट आन्दोलनविरुद्ध समग्र युद्दको नीति लिएर आइरहेको छ, त्यसैले हामीले पनि संघर्षको समग्र तरिका प्रयोग गर्न आवश्यक छ ।’

    साम्राज्यवादले आफ्नो उदेश्य पूरा गर्न कतिपय देशमा आफैले कम्युनिस्ट पार्टी खोलेर चलाइरहेको र कम्युनिस्ट पार्टी भित्रै घुसपैठ गरेर समाजवादी आन्दोलनलाई असफल पार्ने गरेको भन्दै महासचिव विप्लवले आफुहरुले नेपाली विशेषताको समाजवादी क्रान्तिलाई सप्पन्न गर्न र संघर्षको समग्र तरिका अन्तर्गत चुनावलाई लिएको बताए।

    केन्द्रिय समिति बैठकमा बोल्ने क्रममा महासचिव विप्लवले नेपालमा अहिले भारत र अमेरिकाले कम्युनिस्टहरु बिरुद्ध भित्रबाट पनि खाने र बाहिरबाट पनि खाने नीति लिएको भन्दैअमेरिकाले नेपालमा पुजीवादी संघियता र कृश्चियनकरण गर्न खोजेको तथा भरतले हिन्दुइज्म र राजतन्त्रको नारा दिएर आउन खोजेकोले देशभक्त, कम्युनिस्ट, समाजवादी र लोकतान्त्रिक शक्तिको मोर्चा अनिवार्य रहेको बताएका छन।

    प्रतिकृया दिनुहोस्