News Portal

  • नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्यूरो बैठक सुरु

    जनगर्जन २०८१ बैशाख ४
    १६८ पटक

    बैशाख ४,कपिलवस्तु  । नेपाल कम्युनिस्ट पार्टीको पोलिट ब्यूरो सदस्यहरुको बैठक सुरु भएको छ । मंगलबार अपरान्ह १ बजेदेखि शिवपुर, ९ कपिलवस्तु स्थित पार्टी कार्यालयमा पिबिएम हरुको बैठक सुरु भएको हो ।

    बैठकमा महासचिव विप्लव सीले ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ ! समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं !!’ शिर्षकको राजनीतिक प्रस्ताव र ६ महिने आगामी योजनासहित प्रस्ताव पेस गरेका छन् । २० पृष्ठ लामो उक्त प्रस्ताव पोलिटब्यूरो सदस्यहरूले अध्ययन गरिरहेका छन् ।

    बैठकको प्रारम्भमा पार्टी महासचिवले प्रस्तावको भावना (स्पीड) र सारतत्वबारे व्याख्या गरेका छन् । सो प्रस्तावमाथि पोलिटब्यूरो सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस्