News Portal

  • महत्वपूर्ण निर्णय गर्दै नेकपा केन्द्रीय समिति बैठक सम्पन्न

    शोभराज बराल२०८१ बैशाख ९
    १५४ पटक

    कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीको ९औं केन्द्रीय समितिको ५औं पूर्ण बैठक सम्पन्न भएको छ । बैशाख ५ गतेदेखि चलेको बैठक आज बेलुका ८ बजे सम्पन्न भएको हो ।

    पार्टी केन्द्रीय कार्यालय कपिलवस्तु सम्पन्न केन्द्रीय समिति बैठकले महासचिव विप्लव सीले पेस गरेको २० पृष्ठ लामो प्रस्ताव सर्वसम्मतले पास गरेको छ । बैठकले महसचिव विप्लवको ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ ! समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं !!’ शीर्षकको राजनीतिक प्रस्ताव पास गर्दै आगामी ६ महिने योजना पनि बनाएको छ ।

    बैठकले नीतिगत रुपमा थुप्रै निर्णयहरु गरेको छ भने संगठनको संरचना पनि परिवर्तन गरेको छ । बैठकको अन्त्यमा नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, वीर शहिदहरु अमर रहुन, दलाल पुँजीवाद मुर्दावाद लगायतका नाराहरु लगाउँदै बैठक समापन भएको हो ।

    केन्द्रीय समिति बैठकका निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जनाइएको छ । पार्टी केन्द्रीय कार्यालयमा भोलीदेखि केन्द्रीय प्रतिनिधि समिति बैठक बस्ने छ ।

    प्रतिकृया दिनुहोस्