News Portal

  • रुपन्देहीमा विकास-विचार र आजको-अर्थ राजनिति विषयक बौद्धिक अन्तरक्रिया हुने

    विष्णु विश्वकर्मा२०८१ आश्विन ३
    १०९ पटक

    रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुपन्देहीले यहि असोज ४ गते विज्ञानकाे विकास-विचार र आजको-अर्थ राजनिति विषयक बौद्धिक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

    उक्त कार्यकममा बिज्ञानको विकास- विचार र अर्थ- राजनीति सग सम्बन्धित दुई कार्यपत्र प्रस्तुत हुने र बौद्धिक बिमर्श हुनेछ

    केही दशकदेखि कोल्टो फेरेको अर्थ-राजनीतिभित्र ऐतिहासिकहरू नयाँ नयाँ अवतारमा देखा परेका छन्। केही ऐतिहासिक सत्ता संरक्षण अथवा परिवर्तन जस्ता अर्थ-राजनीतिक अभीष्टका बाह्य र आन्तरिक कारकहरूसँग मिलेका देखिन्छन्। शक्ति र साधन-प्रवाहको अँध्यारा गल्लीमा उभिएकाहरू सजिलै चिनिंदैनन्।

    यस्तो विषम परिवेशका वेला धर्म-अधर्म, अर्थ-अनर्थ, नीति-दुर्नीति, संस्कृति-कुकृति छुट्याउन सकिंदैन। अतीत-भविष्य, पूर्वज-वंशज, आदर्श-यथार्थको चिन्ता गर्न जगेडा स्रोत पाइँदैन। फुर्सद र रचना जोखिमपूर्ण जीवनशैली भएका छन् ।

    असामान्य विभेदका अनेक आयाम देखिएका छन्। कतै पूँजीको चढिनसक्नु रास छ। कतै स्रोतको खडेरी छ। कतै प्रतिभा, क्षमता र अवसर घरघरै फुल्छ। कतै माटो, बीउ र पानी सबै बिग्रे झैं फल्दै फल्दैन।विषालु सामाजिक द्वन्द्वमा होमिएकाहरूलाई परामर्शको हतियार दिन जो कोही बौद्धिक तयार देखिन्छ, ऐतिहासिकहरूले तिनलाई सद्‌विवेक दिन सकेका छैनन्। यी यस्ता बिचारहरुलाई चिरफार गरेर अबको दुनियाँमा अर्थ राजानिती ल्याउन आवस्यक छ ।

    प्रतिकृया दिनुहोस्