News Portal

  • आईतवार राती देखि पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्ने

    जनगर्जन संवाददाता२०८१ भाद्र ३०
    ५९ पटक

    काठमाडौं । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य आइतबार मध्यराति १२ बजेदेखि घटाउने भएको छ ।

    आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टीतेल तथा डिजलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

    मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजल तथा मट्टीतेल प्रतिलिटर १४६ कायम भएको छ ।

    त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य लिटरको १५८ रुपैयाँ र डिजल तथा मट्टीतेल १४८ रुपैयाँ पर्नेछ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४९ कायम भएको आयल निगमले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्