News Portal

  • चुनाव नहुने निश्चित भएपछि पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको दिए राजीनामा

    जनगर्जन संवाददाता२०८१ भाद्र २४
    ७९ पटक

    काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् ।

    दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् ।

    पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक बसेको थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेका थिए । तर विवाद हल भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुको माग थियो ।

    नामवली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति देखिएपछी अध्यक्ष पोखरेलको राजीनामा आएको स्रोतको दाबी छ ।

    पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिए पनि केन्द्रको वादविवादको कारण पत्रकार महासंघ केन्द्रले असोज ५ लाई नयाँ निर्वाचनको मिति तोकिएको थियोे ।

    प्रतिकृया दिनुहोस्