News Portal

नेकपा महासचिव विप्लव पत्रकार पाण्डेलाई भेट्न शिक्षण अस्पतालमा

जनगर्जन संवाददाता२०८१ भाद्र २१
२८३ पटक

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी पत्रकार सुदर्शनराज पाण्डेलाई भेट्न शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको आसीयुमा भर्ना गरिएका पाण्डेलाई भेट्न नेकपा महासचिव विप्लव शुक्रबार शिक्षण अस्पताल पुगि उनको स्वास्थ स्थितिको जानकारी लिएका छन् ।

बाराको सिमरामा बस्दै आएका पाण्डे भाद्र१३ गते आकस्मिक बिरामी परेपछि उनलाई काठमाडौ ल्याएर अस्पताल भर्ना गरिएको थियो। झन्डै ४० बर्ष देखि पत्रकारिता गरिरहेका चिरपरिचीत पत्रकार पाण्डे उत्थान साप्ताहिक पत्रीकाका सम्पादक हुन।जनयुद्धको क्रममा उनको छोरा सिजनराज पाण्डे(प्रभात) सहिद भएका थिए।

प्रतिकृया दिनुहोस्