News Portal

  • अनेमसंघ(क्रा)सुदुरपश्चिमको भेलाद्वारा१३ सदस्यीय समिति चयन

    जनगर्जन संवाददाता२०८१ भाद्र १५
    ६३ पटक

    धनगढी । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले १३ सदस्यीय सुदुरपश्चिम प्रदेश समिति चयन गरेको छ।बिहिवार कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न प्रथम भेलाले सुनिता सीको संयोजकत्वमा प्रदेश समिति चयन गरेको पवित्रा सीले जानकारी दिएकी छन।

    सय जना बढी प्रतिनिधि सहभागी रहेको क्रान्तिकारी महिलाहरुको भेलामा नेकपा सुदुरपश्चिम इन्चार्ज एवम् स्थायी समिति सदस्य भरत सी( रणबीर)ले ५१ प्रतिशत भन्दा बढी महिलाहरुको जनसंख्या भएको देशमा महिलाहरु नै उत्पीडित हुनु दलाल पुँजीबादी राज्यव्यवस्थाको प्रमुख दोष रहेको उल्लेख गर्दै नेपाल कम्युनिस्ट पार्टीको महिला आन्दोलनबारे दृष्टिकोण के हो भन्ने बारे प्रशिक्षण मन्तव्य राखेका थिए।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रणबीरले नेपालको राजनीति संकट हल गर्न नेपाली बिशेषताको समाजबाद र एकीकृत जनक्रान्ति अनिवार्य रहेको बताए।

    त्यस्तै भेलामा मन्तव्य राख्दै अखिल नेपाल महिला संघ (क्रान्तिकार)की अध्यक्ष बन्धु सीले महिला अधिकारको सुनिश्चितता समाजबादी राज्य ब्यवस्थाले मात्रै ग्यारेन्टी गर्ने कुरा औल्याउनु भएको थियो | दलाल पुँजिबादको बिरुद र समाजबाद स्थापनाको लागि सम्पूर्ण क्षेत्र र उत्पीडित समुदायका महिलाहरु एकजुट हुनुपर्नेमा अध्यक्ष बन्धुले जोड दिएकी थिइन् ।

    भेलाले सचिवालय सदस्य पवित्रा सीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज चयन गरेको छ।|निर्वाचित समितिलाई सुभकामना तथा बधाई मन्तब्य दिदै नेकपा केन्द्रीय सदस्य तथा कन्चनपुर जिल्ला इन्चार्ज बिराट सीले सम्पूर्ण महिलाहरुलाई भ्रष्ट दलाल पुँजीबादी सत्ताको बिरुद्दमा र समाजवाद प्राप्तिको निमित्त सङ्गठित भएर संघर्षमा होमिनु पर्ने बेला आएको बताए।

    उक्त भेलामा नेकपा केन्द्रिय सदस्यहरु समर सी, कमल सी लगायत समाजवादी मोर्चा सम्बद्द नेताहरुको समेत सहभागीता रहेको थियो।

    प्रतिकृया दिनुहोस्