News Portal

  • जनपत्रकार संगठनको बैठकमा जोड ‘प्रचार प्रसारका कामहरु व्यवस्थित भएनन्’

    वसन्त वि. क.२०८१ भाद्र १०
    ९४ पटक

    काठमाडौ । जनपत्रकार संगठन नेपालको बैठकमा पार्टीको जनपत्रिका मार्फत गरिने प्रचार प्रसारका कामहरु व्यवस्थित हुन नसकेको जोडदार आवाज उठेको छ ।

    जनपत्रकार संगठन नेपालको आईतवार साँझ भर्चुअल बसेको केन्द्रीय समितिको बैठकमा वोल्ने अधिकांस केन्द्रीय सदस्यहरुले पार्टीको जनपत्रिका मार्फत गरिने प्रचार प्रसारका कामहरु व्यवस्थित हुन नसकेको बताएका हुन ।

    केन्द्रीय सदस्यहरुले पार्टीले गरेका कामहरु र भएका उपलव्धीहरु समाचार बनाएर पठाउदा पनि छापिन ढिलो हुने गरेको र समाचारहरु छिटो छरित्तो छापिन नसकेको गुनासो गरे ।

    संगठनका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकमा धारणा राख्ने अधिकांस केन्द्रीय सदस्यहरुले मिडिया व्यवस्थित हुन नसक्दा पार्टी आगाडि बढन नसकेको टिप्पणी गरे ।

    संगठनका केन्द्रीय सचिवालय सदस्य प्रविण अधिकारीले पार्टीले मिडिया क्षेत्रलाई व्यवस्थित गर्न नसकेको बताए । उनले समाचारहरु पनि जनपत्रिकामा छिटो प्रकाशित नहुने गरेको टिप्पणी गरे । उनले संगठनको तर्पबाट उत्पादनका लागि पूर्वबाट तत्काल केही गर्न नसकिने बताए ।
    केन्द्रीय सदस्य मनवहादुर सहकारीले जनपत्रकारहरुले चलाउने मिडियाहरुप्रति पार्टीको बुझने दृष्टिकोण फरक हुने गरेको बताए । उनले मिडिया क्षेत्रलाई व्यवस्थित गर्न पनि सुझाव दिए ।

    केन्द्रीय सचिवालय सदस्य शोभराज वरालले जनपत्रकार संगठनको केन्द्रीय कार्यालयका तर्फवाट काठमाडौमा गाईपालनबाट उत्पादको काम सुरुवात भएको बताए । उनले मिडिया क्षेत्र व्यवस्थित गर्दै देशभर संगठनले उत्पादन गर्न सके राम्रो हुने बताए ।

    भर्चुअल बैठकमा केन्द्रीय सचिवालय सदस्य साहस भट्ट, केन्द्रीय सदस्य विनित तिरुवा, खेमराज वुढा,सुदन विश्वकर्मा, विष्णु विश्वकर्मा,यदुनाथ दाहाल, लगायतले आ –आफ्नो धारणा राख्दै मिडिया क्षेत्र व्यवस्थित गर्न सुझाव दिएका थिए ।

    बैठकमा संगठनका केन्द्रीय सचिव वसन्त विकले मिडिया क्षेत्र व्यवस्थित गर्ने कुरा संगठनको हातमा मात्र नभएकाले त्यसवारे पार्टीले पनि जोड दिनु पर्ने बताए ।

    उनले जनपत्रिकामा समाचार ढिलो आउने कुरा सहि भएको भन्दै जनपत्रिकामा मुख्यतः जनशक्तिको व्यवस्थापन गर्न नसक्नु भएको बताए ।
    बैठकको अन्तमा संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले संगठनको तर्फवाट मिडिाय क्षेत्र व्यवस्थित गर्ने कुरामा कुनै कसर वाँकी नरहने बताए ।
    उनले संगठनको पूर्ण केन्द्रीय समितिको वैठक भौतिक रुपमै असोज पहिलो साता तिर बस्नु पर्ने, संगठनले देशभर उत्पादनलाई जोड दिनु पर्ने, संगठनको राष्ट्रिय सम्मेलनका वारे अर्को पूर्ण बैठकमा सल्लाह गर्नु पर्ने लगायतका प्रस्तावहरु पेश गरेका थिए । अध्यक्षले पेश गरेका प्रस्तावहरुप्रति सहभागीहरुले सहमति जनाउदै बैठक सकिएको थियो ।

    प्रतिकृया दिनुहोस्