News Portal

  • कपिलवस्तुको सदरमुकाम तौलिहवामा एमसीसी विरुद्ध नेकपाको प्रदर्शन

    राम बहादुर बुढा २०८१ भाद्र ६
    ३१३ पटक

    कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्लाले कपिलवस्तुको सदरमुकाम तौलिहवामा अमेरिकी चलखेलविरुद्ध प्रदर्शन कार्यक्रम गरेको छ ।

    बुधबार नेकपा लुम्बिनी प्रदेशको कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश अन्तर्गतका बिभिन्न जिल्लाहरुमा एमसीसी सम्झौताविरुद्ध विरोध कार्यक्रमको आयोजना गरिएको थियो ।यसरी विरोध प्रदर्शनमा नाराजुलुससँगै कोणसभाहरु भएका छन् ।

    नेकपाका केन्द्रीय कमिटी सदस्य एवम कपिलवस्तु जिल्ला इन्चार्ज संगम सीले पार्टीले सुरुदेखि नै राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध संघर्ष चलाइरहेको बताउदै पछिल्लो समय एमसीसी संसदबाट लागू गर्ने योजना गरेको छ। पार्टीले एमसीसी परियोजनालाई कुनैपनि हालतमा रोक्ने उदेश्यसहित संघर्षलाई पुन संधर्ष गरेको बताएका छन ।

    यस्तै पार्टीको लुम्बिनी प्रदेश कमिटीको निर्णय अनुसार तय गरिएको संघर्षको कार्यक्रमलाई प्रदेश अन्तर्गतका सबै जिल्लाले कार्यान्वयन गरेको नेता संगम सीले जानकारी दिएका हुन

    नेकपा कपिलवस्तु जिल्ला समितिको आयोजनामा आयोजित विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य कपिलवस्तु जिल्ला इन्चार्ज संगम सीले कोणसभा लाई सम्बोधन गर्दै अमेरिकी एमसीसी लागु गर्न काठमान्डौको दरबार मार्गमा ८ हजार अमेरिकी शैनिक लुकाउन अन्डर ग्राउण्ड निर्माण भैरहेको र उक्त अन्डर ग्राउण्ड खन्ने कार्य मध्ये रातको समयमा भैरहेको समेत दावी गरेका छन । उनले भने, यदि हतियार जिल्लाको कुनै पनि ठाउमा देखियो भने त्यहि ठाउँ बाट युद्धको घोषणा हुनसक्ने दाबि समेत गरेका छन ।

    यस्तैमा उनले भनेका छन,`एमसीसी सम्झौता राष्ट्रघाती हो´ भन्ने कुरा पटकपटक पुष्टि भइरहेको छ । हामीले पहिलेदेखि भन्दै आएका छौं कि यो सम्झौता देश र जनताको पक्षमा छैन जनताले यो बोर्डर एरियामा आफ्नो सियो पनि लिन सक्ने अबस्था छैन बिना चेकजाँच अमेरिकन जहाँजमा आएका शंकास्पद सामानलाई नेपाल सरकारले कसरी नेपालको अमेरिकी दूतावासमा प्रवेश गराइरहेको छ यो विषयमा जान्नु आवश्यक छ
    नेपाली जनताले । अहिलेको परिवेशमा नेपाली जनताले पनि एमसीसी सम्झौताको खारेजी चाहेका छन् यो हाम्रो पार्टीको मात्र चाहना हैन सिङ्गो नेपाल एक बनाउन चाहने नेपाली जनताको पनि चाहना हो, हामीले त्यसको अगुवाइ अन्तिमसम्म गर्नेछौं ।

    यस्तै विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै अर्का नेता सुनिल सीले नेपालमा दलाल हरुको नेतृत्व गर्ने पुजिबाद नै हो । त्यसको संरक्षण गर्ने अमेरिका हो अहिलेको सरकारले पनि दलाल पुजीवादको सेवा गर्दै नेपाली जनताको चाहनालाई कुल्चेर आफ्नो दुनो सोझाउदै आएको बताएका छन । राष्ट र राष्ट्रियताका लागि हामी सबै एक हुन पर्ने भन्दै दलालहरुका कारणले वैदेशिक हस्तक्षेप बढेकाले नेपाली जनतालाई यो सरकारले पनि समस्याको हल नगर्ने दाबि समेत उनले गरेका छन ।

    एमसीसी परियोजना लागु गर्न नदिन नेकपा कपिलवस्तुले संघर्षका कार्यक्रमहरु चरण बद्ध ढंगले लागु गर्ने जनाएको छ। एमसीसी बिरुद्धको प्रदर्शन कार्यक्रम लुम्बिनी प्रदेश भरि गरिएको छ भने विरोध प्रदर्शनपछिको कोणसभाको सहजीकरण नेकपा कपिलवस्तु जिल्ला सचिवालय सदस्य बाणगंगा नगरपालिका इन्चार्ज गणेश सीले गरेका छन ।

    full video

    प्रतिकृया दिनुहोस्