News Portal

  • बालेनको चर्चामा गीत गाउँदा सरुवा भएको आरोप लागेपछि बोल्यो पोखरा महानगरपालिका

    जनगर्जन २०८१ भाद्र ३
    १०२ पटक

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको विषयमा गीत गाएपछि चर्चामा आएकी एक कर्मचारीको सरुवा भएको आरोप लागेपछि पोखरा महानगरपालिकाले स्पष्टीकरण दिदै िवज्ञप्ति निकालेको छ ।

    महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमल्सिनाले आइतबार जारी गरेको विज्ञप्तिमा आर्थिक वर्ष २०८१।०८२ को प्रारम्भसँगै पोखरा महानगरपालिकाले ४२ जना कर्मचारीहरूको पहिलो चरणको आन्तरिक सरुवा गरेको स्पष्ट पारेका छन् ।

    कुनै पनि कार्यालयले आफ्नो कामको क्षेत्रलाई प्रभावकारी तथा व्यवस्थित गर्न कर्मचारी सरुवा गर्नु नियमित प्रक्रिया भएको उनको भनाइ छ । कार्यालयले नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको टीकाटिप्पणीहरू प्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उनको विज्ञप्तिमा उल्लेख छ ।

    ‘यस कार्यालयले गरेको कर्मचारी सरुवा कुनै व्यक्ति वा गीतसङ्गीत प्रति लक्षित नभएको स्पष्ट पार्दै यस प्रकारका मनोगत एवं भ्रमपूर्ण टिप्पणीहरूको पोखरा महानगरपालिका खण्डन गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो जिम्मेवारी र कर्तव्यलाई मनन गरी कार्यक्षेत्रमा खट्नु हुने राष्ट्रसेवक कर्मचारीहरू माथि कुनै पनि प्रकारको भेदभाव र दुराग्रह नराखिएको तथा नराखिने समेत स्पष्ट पार्दछ ।’

    सामाजिक विकास महाशाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्लेले आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण सरूवा गरिएको दाबी गरेको विषय बाहिरिएकै बेला महानगरपालिकाले यस्तो बताएको हो ।

    महानगरपालिकाले सरुवाको विषयमा इन्टरनेटमा अपलोड गरिएका सामाग्रीहरूमा भ्युज बढाउने मनसायबाहेक केही नभएको समेत दाबी गरेको छ

    प्रतिकृया दिनुहोस्