News Portal

  • प्रतिनिधिसभाबाट पारित भैसकेको टीआरसी विधेयक राष्ट्रियसभामा टेबलमा

    जनगर्जन संवाददाता२०८१ साउन ३१
    १३७ पटक

    काठमाडौँ । प्रतिनिधिसभाले पारित गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ (टीआरसी) राष्ट्रियसभामा टेबल भएको छ ।

    बिहीबारको बैठकमा उक्त विधेयक राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधिसभा बाट प्राप्त सन्देश सहित टेबल गरेका हुन् ।

    राष्ट्रियसभाको अर्को बैठक भदौ ३ गते बस्नेछ ।

    टिआरसी राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राजपत्रमा प्रकाशित हुनेछ ।

    प्रतिकृया दिनुहोस्