News Portal

  • हेटौंडा स्थित बन्द रहेका उद्योगहरु खुलाउन माग गर्दै नेकपा निकट युवा संगठनको प्रर्दशन

    विष्णु विश्वकर्मा२०८१ साउन २१
    २३१ पटक

    हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालले बन्द रहेका उद्योगहरु सन्चालनको माग गर्दै आज लहेटौडामा प्रदर्शन गरेका छन ।

    युवा संगठन नेपालको आयोजनमा भएको उक्त प्रदर्शन कार्यक्रममा हेटौडा बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।

    युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले कोणसभालाई सम्वोधन गर्दै नेपालका दलालहरुले हेटौडा लगायत देशका विभिन्न ठाँउमा रहेका राष्ट्रिय उद्योगहरु कलकारखानाहरु बेचेर खाएको भन्दै आक्रोश व्यक्त थिए ।

    यसै क्रममा संगठनका अध्यक्ष सीले अहिलेको नया राज्य संरचनामा बनेको नेपाल सरकारले उद्योग सञ्चालनको लागि छानबिन समिती बनाएर बन्द हुनुको कारण पत्ता लगाई बन्द रहेको उद्योग सञ्चालन गर्न माग गरेका छन । अहिलेको देशको परिवेश फरक रहेको बताउदै देशमा पुजीवादको हावी रहेको र यहि पुजीवादको कारणले दलालहरुले युवा युवतीहरुलाई विदेश पठाउने वहानामा देशका होनहार युवा युवतीहरुलाई ठग्ने गरेको भन्दै म्यानपावरहरुलाई समेत त्यसो नगर्न कडा चेतावनी दिदै त्यस्तो गरेको पाईएमा युवा संगठनले नछाड्ने बताएका छन ।

    संगठनका अध्यक्ष दिनेश सीले भने ‘अहिले युवा युवतीहरुलाई विदेश पठाउने वहानामा ठगीएको छ, यो देशमा दलालहरु विरुद्ध लड्ने युवा संगठन पनि छ, हेक्का रहोस, यस्ता कार्य गरेको पाईएमा युवा सशक्त रुपमा लागि पर्नेछ । राष्ट्रिय दलालहरुले उद्योग वेचर खान पाईदैन, युवा युवतीहरुलाई विदेशमा बेच्न पाईदैन, उद्योगहरु नेपालमै सञ्चालन गरी आफनै देशमा रोजगारी सृजना गर्न वातावरण मिलाउन आव्हान गरेका छन ।

    युवा संगठन नेपाल र नेपाल कम्युनिष्ट पार्टी ०८४ पछि नयाँ शक्तिको रुपमा उदयमान हुने दाबी गर्दै अध्यक्ष दिनेश सीले भनेका छन, समाजवादी व्यवस्थाले मात्र वेरोजगार युवा युवतीहरुलाई रोजगारी दिने र राष्ट्रिय उद्योगहरुको विकास हुने भन्दै समाजवादका लागि युवाहरु एकतावद्ध हुनुपर्ने बताएका छन ।

    युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष विश्लेषण सीको संचालनमा सम्पन्न कोणसभामा कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य अशोक सी, केन्द्रीय सदस्य पारस सी, हिमाल सी, रमेश सी लगायतका युवा नेता कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।


    प्रतिकृया दिनुहोस्