News Portal

  • ओलिको पक्षमा मतदान नगर्न रास्वपाको ह्विप

    जनगर्जन २०८१ साउन ६
    १८४ पटक

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान नगर्न सांसदहरूका लागि ह्विप जारी गरेको छ ।

    रास्वपा संसदीय दलको आइतबार बसेको बैठकले प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगर्नका लागि ह्विप लगाउने निर्णय गरेको थियो । सोही अनुसार प्रमुख सचेतक सन्तोष परियारले ह्विप जारी गरेका छन् ।

    प्रधानमन्त्री ‌ओलीले प्रतिनिधिसभाको आइतबार १ बजे बस्ने बैठकमा विश्वासको मतको प्रस्ताव राख्ने कार्यसूची रहेको छ । कांग्रेस र एमालेको गठबन्धनबाट ओली प्रधानमन्त्री बनेका हुन् ।

    प्रतिकृया दिनुहोस्