News Portal

  • नेकपाको केन्द्रिय श्रर्मिक विभागको रोपाई सम्पन्न

    नेपाल कम्युनिस्ट पार्टीको श्रर्मिक बिभागले करिब आधा बिगाहमा धान रोपाइँ सम्पन्न गरेको छ ।

    जनगर्जन २०८१ आषाढ २७
    १६६ पटक

    कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय श्रर्मिक बिभागले करिब आधा बिगाहमा धान रोपाइँ गरेको छ ।

    बुधबार कपिलवस्तुको शिवगढीमा नेकपाका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सी श्रर्मिक बिभागका केन्द्रीय प्रमुख सन्तोशी सी, सुस्मा सी,सन्जय सी केन्द्रीय सामना परीवार,स्थानीय जनसमुदाय तथा नेकपाका नेता कार्यकर्ताहरुको उपस्थितीमा करिब आधा बिगाह जमिनमा धान रोपाइँ सम्पन्न गरेको हो ।

    नेकपाको केन्द्रीय नीति अन्तर्गत “श्रमलाई सम्मान गरौं, श्रम संस्कृतिको निर्माण गरौं” भन्ने मूल नाराका साथ सुरु भएको एकीकृत उत्पादन प्रणाली यतिखेर देशैभर जारी छ ।

    नेकपाको नवौं महाधिवेशनले पारित गरेको एकीकृत उत्पादन प्रणाली, आत्मनिर्भर देश आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता कार्यकर्ता अभियानले तिब्रता पाएको छ । राजनीतिक वैचारिक कामसङ्गै उत्पादन र श्रम संस्कृतिलाई पनि एकैसाथ लैजानु पर्ने जोडबलका साथ असार १० गतेदेखि ३१ गतेसम्म देशभरका सम्पूर्ण नेता कार्यकर्ता जनवर्गीय संगठनहरुलाई उत्पादन बिदा समेत दिएको छ ।

    संसदवादी दलहरुको राजनीतिक खिचातानीलाई नजिकबाट नियाल्दै नेकपाका महासचिव विप्लवसहित स्थायी समिति, केन्द्रीय समिति जिल्ला समिति, सबै उत्पादनमा व्यस्त भएका छन् ।

    प्रतिकृया दिनुहोस्