News Portal

  • नेपालको राजनीति क्षेत्रमा महिलाहरुको भुमिका प्रभावकारी र सशक्त हुनुपर्छ:- शेर बहादुर देउवा

    जनगर्जन संवाददाता२०८१ आषाढ ७
    ७८ पटक

    काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीति क्षेत्रमा महिलाहरुको भुमिका प्रभावकारी र सशक्त रहेको बताएका छन।

    “लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला” गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरुको अग्रणी भुमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्नसक्ने बताए।

    महिलाहरुलाई समावेशी, समानुपातिकको रुपमा ठाउँ दिइएको उल्लेख गर्दै अझ खुल्ला रुपमा प्रतिस्पर्धा गरेर अगाडि बढ्न समेत आग्रह गरेका छन ।

    नेपाली काँग्रेस भित्र महिलाहरुमा अन्तरघातको रोग रहेको हुँदा उक्ता रोगलाई चिरेर अगाडी बढेको खण्डमा महिलाहरुलाई अझ बढी मौका मिल्ने बताएका छन ।

    उनले अहिले संसारभर नै महिलाहरुको अधिकार, समावेशीकरण, समानुपातिक विकासका लागि आवाज उठिरहेको र नेपालमा महिला राष्ट्रपति विद्यादेवी भण्डारी भइसकेको उल्लेख गर्दै उहाँ जस्तै योग्य बनेर देश हाक्न समेत सल्लाह दिए ।सम्भव भन्ने चिज गरे पाईन्छ महिलाले चाहेको खण्डमा यो सम्भव हुने बताएका छन ।

    सभापति देउवाले महिला सशक्तिकरणको अभियानलाई अघि बढाउन पनि आग्रह गरे।

    प्रतिकृया दिनुहोस्