News Portal

  • शहिद कुमार पौडेल स्मृति सभाको सम्पूर्ण तयारी पूरा

    जनगर्जन संवाददाता२०८१ आषाढ ५
    १२४ पटक

    बर्दीबास – नेपाल कम्युनिस्ट पार्टी मधेश प्रदेश कार्यालयले एकीकृत जनक्रान्तिका सहिद कुमार पौडेलको छैटौं स्मृति सभाको सम्पूर्ण तयारी पूरा गरेको छ । बुधबार बर्दीबासमा हुन लागेको २०७६ असार ५ गते एमाले र माओवादीको गठबन्धन सरकारद्वारा हत्या गरिएका सहिद पौडेलको छैटौं स्मृति सभाको सम्पूर्ण तयारी पूरा भएको नेकपा मधेश प्रदेशले जनाएको हो ।

    एकीकृत जनक्रान्तिका १५ जना सहिदहरूको गाथामा आधारित ‘बलिदान राष्ट्रका लागि’ कृतिको परिचर्चासहित महोत्तरी जिल्लाको बर्दिवासमा हुने कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिल सी, नेकपाका पिविएम चिरन सी, वरिष्ठ सौन्दर्य चिन्तक रोषण जनकपुरी, नागरिक समाजका अगुवा नारायण खपांगी, गीतकार तथा माओवादी केन्द्रका नेता टेक बहादुर बलामपाकी, बुद्धिजीवी केदार कोइराला र प्रगतिशील लेखक संघ मधेस प्रदेश अध्यक्ष नारायण घिमिरेको लगाएतले स्मृति सभालाई सम्बोधन गर्ने आयोजकले जनाएको छ ।गाएतले स्मृति सभालाई सम्बोधन गर्ने आयोजकले जनाएको छ

    आयोजक समितिका अध्यक्ष शोभा दुलाल, कुशल बोगटी र प्रतिवद्ध सी तथा नेता चिरन सी भोलि हुने सभाका लागि कार्यक्रमका लागि बर्दिवास प्रस्थान गरिसकेको जनाकारी प्राप्त भएको छ ।

    पर्साबाट सेक्रेटरी फिरोज सीको नेतृत्वमा एउटा बस, सर्लाहीबाट ३ ओटा बस धनुषाबाट र ४ ओटा बस अन्य जिल्लाबाट गरि ठुलो जनमासको सहभागिता रहने छ । कार्यक्रम‌का प्रमुख व्यवस्थापक तथा महोत्तरी जिल्ला इन्चार्ज पवन सीका अनुसार अतिथि सत्कारसहित सभाको सम्पूर्ण तयारी पूरा भैसकेको छ । स्मृति सभामा सहिदका परिवारको विशेष उपस्थिति रहनेछ ।

    प्रतिकृया दिनुहोस्