News Portal

  • लिफ्ट बनाउने क्रममा तीन तला बाट खसेर मृत्यु

    विष्णु विश्वकर्मा२०८१ आषाढ २
    १२३ पटक

    बागलुङ ।  बागलुङमा निर्माणाधिन भवनमा काम गर्ने क्रममा तीन तला माथीबाट खसेर एक मजदुरको मृत्यु भएको छ । उच्च अदालत बागलुको भवनमा लिफ्टको काम गरिरहेका बाराका ४० बर्षिय पन्नालाल राउत कुर्मीको शुक्रबार राती तिन तला माथीबाट खस्दा मृत्यु भएको हो ।

    उनले लिफ्टका लागि आवश्यक संरचना निर्माणको काम गरिरहेका थिए । काम गर्ने क्रममा तीन तला माथीबाट खसेका कुर्मीलाई तत्कालै उनका साथीहरुले उपचारका लागि धौलागिरी अस्पताल पुर्याएका थिए । तर अस्पतालले रातीनै उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

    कुर्मीको शव धौलागिरी अस्पतालको शवगृहमा राखिएको छ । बाराबाट परिवारका सदस्य शनिबार बिहान मात्रै हिँडेकाले उनीहरु आईपुगेपछि पोष्टमार्टम पछि शव परिवारको जिम्मा लगाईने पौडेलले बताएका छन ।

    प्रतिकृया दिनुहोस्