News Portal

  • ढोलाहिटी ग्याङ फाईट अपडेट:-४ जना प्रहरीको फन्दामा

    पक्राउ परेका चार जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक

    जनगर्जन २०८० चैत्र १३
    ६० पटक

    चैत्र १३,काठमाडौ । ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको घटनाका आरोपी होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चार जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको आरोप लागेका थप एक जना भने फरार छन् ।

    ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा आइतबार राति ग्‍याङ फाइट हुँदा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो ।

    यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले होटल डिप्रस्पाइनका सञ्चालक विजय राई, होटलकै अर्का सञ्चालक सुलभ राईलाई पक्राउ गरेको छ। साथै, विशाल हाड मुकारूङ राई र छेङवी हाङ राई पक्राउ परेका हुन् । वारदात पाजु गुरुङ भन्ने व्यक्ति फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाहरूलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको छ। यस घटनामा अनुसन्धानका लागि थप ८ जनालाई पनि नियन्त्रणमा लिइएको छ ।

    प्रतिकृया दिनुहोस्