News Portal

  • कार्यकर्ताहरुलाई विप्लवको निर्देशन : संसदवादमा फस्ने कल्पना सम्मपनी नगर्नुहोस्

    जनगर्जन संवाददाता
    ४६१ पटक

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले स्थानीय निर्वाचनलाई नयाँ ढंगले प्रयोग गर्ने कुरालाई संसदवादमा फस्ने कल्पना समेत नर्गन आफ्ना नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

    काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीनिकट संयुक्त जबस मोर्चाको केन्द्रीय प्रशिक्षणलाई संवोधन गर्दै महासचिव विप्लवले सिंगो पार्टी बाहिर रहेर केही आफ्ना कार्यकर्तालाई स्थानीय तहमा गएर हस्तक्षेप गर्ने कामलाई संसदवाद देख्नु गलत हुने बताए ।

    नेपालमा आफुहरुले एकीकृत जनक्रान्ति गर्न गइरहेको बताउँदैं महासचिव विप्लवले
    आजको विश्व र नेपालको बदलिएको मनोविज्ञान र क्रान्तिको तयारीको रुपमा आफुहरु जनतामा नयाँ ढंगले जान खोजेको जिकिर गरे ।

    सशस्त्र बहिष्कार र निश्क्रिय बहिष्कार दुबैं आजको सन्दर्भमा नेपाली क्रान्तिका लागि फाइदाजनक नहुने बताउँदैं महासचिव विप्लवले जनतासँग एकाकार भएर जान पनि स्थानीय निर्वाचन संघर्षको केन्द्र बन्न पुगेको बताए ।

    वैशाख ३० गतेसम्म पार्टीले स्थानीय निर्वाचनलाई नयाँ ढंगले हेरेको तर त्यसपछि नयाँ कार्यनीति विकसित भएर अगाडि बढ्ने दाबी गरे ।

    संसदीय व्यवस्था मुलतः पुँजीवादी र प्रतिक्रियावादी व्यवस्था भएको तर त्यहाँभित्र गएर संसदको भण्डाफोर गर्न क्रान्तिकारीहरुले लेनिन र रोजाबाट पाठ सिक्नुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्