News Portal

जनार्दन शर्मासहित माओवादीका १५ सांसद पार्टीबाट विद्रोह गरी एमालेमा आउदैछन :- महेश बस्नेत

जनगर्जन संवाददाता२०८१ माघ १२
१०७ पटक

काठमाडौ । सत्तारुढ दल नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले माधव नेपालको आडमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गतिविधि गरेपनि स्वयं माओवादी पार्टीनै फुट्ने अवस्थामा आइपुगेको दाबी गरेका छन् ।

शनिबारबाट राजधानीमा सुरु भएको एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै बस्नेतले माओवादी र नेकपा एकीकृत समाजवादी दुवै दल फुटको संघारमा रहेको दाबी गरेका छन् । उनले माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको नेतृत्वपमा १५-१६ जना सांसदले विद्रोहको तयारी गरिरहेको र विद्रोह पछि उनिहरु एमालेमा नै आउने दाबी गरेका छन ।

उनले भने ‘तपाईं माधव नेपालको आडमा यो कुरा गर्दै हुनुहुन्छ । तपाईंकै पार्टीका जनार्दन शर्मालगायत क्रान्तिकारी साथीहरुलाई तपाईं सम्झाउन सक्नुहुन्छ । तपाईंका पार्टीका १५-१६ सांसदले विद्रोह गर्ने स्थिति बन्दैछ । माधव नेपालको पार्टी हो कि क्लब हो। तपाईंका पार्टीका ७ सांसद हात उठाएर पार्टी छाड्न तयार भइसकेका छन्’ ।

प्रतिकृया दिनुहोस्