News Portal

वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको बस दुर्घटना

जनगर्जन संवाददाता२०८१ मंसिर ७
२३५ पटक

मकवानपुर । मकवानपुरको हेटौँडामा यात्रु बस दुर्घटना हुँदा १७ जना घाइते भएका भएका छन् । घाइतेमध्ये १ जनाको स्थिति गम्भीर रहेको छ ।

वीरगन्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१ नम्बरको यात्रु बाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकै पर्ने पूर्व पश्चिम सडक खण्डको रातोपाटे भन्ने स्थानमा दुर्घटना हुँदा बसमा सवार रहेका १८ मध्ये चालक सहित १७ जना घाइते भएका हुन् ।

मकवानपुर प्रहरीका अनुसार बाराको पर्सैनि गाउँपालिका वडा नम्बर ३ की जोनीशा कुमारी ठाकुरको अवस्था भने गम्भीर रहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।अहिले घाइतेहरूको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ ।

प्रतिकृया दिनुहोस्