जनगर्जन संवाददाता२०८२ आषाढ ६

डोटी । डोटी जिल्लाको आदर्श गाउँपालिका–१ मा शुक्रबार दिउँसो भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार, सुदूरपश्चिम प्रदेशको ०१००१ ज १३९५ नम्बरको जिप आदर्श गाउँपालिकाबाट अछामको मेल्लेखतर्फ जाँदै गर्दा मौवास्थित खिराधार भन्ने स्थानमा सडकबाट करिब २५० मिटर तल खसेको थियो। दुर्घटना दिउँसो करिब १:४० बजे भएको जनाइएको छ।
घटनास्थलमै दुईजनाको ज्यान गएको पुष्टि भएको छ भने चारजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ।
दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।