News Portal

काभ्रेको तेमाल गाउँपालिकामा बस दुर्घटना, एकको मृत्यु

जनगर्जन संवाददाता२०८१ फाल्गुण ८
५४ पटक

काठमाडौ ।काभ्रेको तेमाल गाउँपालिका ३ कुडालमा जन्ती पुर्‍याएर फर्किएको आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्