News Portal

  • नेकपा नेता भरत सी सहितको टोलिद्वारा आस्थाका बन्दीहरुसङ्ग भेटघाट

    जनगर्जन संवाददाता२०८१ आश्विन २६
    ८१ पटक

    काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदुरपश्चिम इन्चार्ज भरत सी रणबीर सहितको टोलिले बन्दीहरुसङ्ग भेटघाट गरेको छ।नेकपामाथिको प्रतिबन्धपछि सरकारले पक्राउ गरि राजनीतिक आस्थाका आधारमा जेल हिरासतमा रहेका बन्दीहरूसङ्ग शनिबार भेटघाट गरिएको हो।

    केन्द्रिय कारागार/ सेन्टर जेलमा रहेका आदम कवाडी, भद्र कारागारका दीर्घ नेपाली ,नखु कारागारमा रहेका वीरबहादुर कठायतलाई नेता भरत सी, युवा संगठन नेपालका केन्द्रीय सचिव तथा बागमती प्रदेश इञ्चार्ज अनिल सी,नेकपा काठमाडौ जिल्ला समिति सदस्य तथा महानगरका कायालय सचिव अनोज सीले भेटघाट गरेका छन् ।

    हिन्दु नेपालीहरुको चाडपर्व दशै मनाइरहेको बेला नेकपासम्बद्ध आस्थाका बन्दीहरूसङ्ग सी सँस्कृती अनुसार भेटघाट, छलफल गरिएको स्थायी समिति सदस्य भरत सीले जानकारी दिएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टीले असोज २५ गतेलाई सी स्मृति दिवसको रूपमा देशभर विभिन्न कार्यक्रमसहित मनाएको थियो भने यसै सन्दर्भमा जेल हिरासतमा रहेका आस्थाका बन्दीहरूसङ्ग भेटघाटको कार्यक्रम समेत तय भएको थियो।

    प्रतिकृया दिनुहोस्