News Portal

  • शिवगढी कपको उपाधि आयोजकको हातमा, महिला तर्फ गडवा एफसी दाङ्ग लाई

    विष्णु विश्वकर्मा२०८१ आश्विन २५
    २७१ पटक

    कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९ बानियाभारमा असोज १४ गते देखि सुरु भएको १६ औं शिवगढी कप निकै उल्लासमय वातावरणमा आज सम्पन्न भयो।गोल्डेन स्टार युवा क्लबको आयोजनामा १६ औं शिवगढी कप-२०८१ आज शिवराज नगरपालिका वाड न. ९ को बानियाँभारमा नेकपाका महासचिव एवं समापन कार्यक्रमका प्रमुख अतिथि विप्लव सीले रेफ्री राकेश पुनलाई फुटबल हस्तान्तरण गरेर खेलको सुरुवात गरेका थिए ।

    गोल्डेन स्टार युबा क्लवको समापन कार्यक्रम क्लबका अध्यक्ष इश्वर गिरीको अध्यक्षतामा, नेकपाका महासचिव विप्लप सीको प्रमुख आतिथ्यता, विजयनगर गाउँपालिकाका प्रमुख गोपाल थापा, नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोख्रेल, नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष चौधरी, युवा उद्धमी तथा राजनितिज्ञ राशिद मिर्जा लगायत बिभिन्न राजनीतिक व्यक्तित्व ,समाजसेवी ,बुद्धिजीवी स्थानीय समाजसेवी तथा विभिन्न व्यक्तिहरुको बिशेष उपस्थिति रहेको थियो ।

    उक्त प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पुरुष फुटबल तर्फको उपाधि आयोजक गोल्डेन स्टार युवा क्लबले जितेको छ भने फाइनल प्रतिस्पर्धी ग्रीन भिजन लाई २-० ले पराजित गर्दै गोल्डेन स्टार यस वर्षको च्याम्पियन बनेको हो, त्यस्तै अण्डर १४ तर्फको उपाधि पनि आयोजक टिमले आफ्नै पोल्टामा पारेको छ ।

    महिला फुटबल टिम बिचको प्रतियोगितामा भने गडवा एफ सी दाङले उपाधि उचाल्यो, फाइनल प्रतिस्पर्धी जय बुद्ध सामाजिक युवा क्लब शिवराज १ काफलखुट्टा लाइ शुन्य का विरुद्ध एक गोल गर्दै उपाधिमा कब्जा जमाएको हो ।

    विजयी टिमले पुरुष तर्फ ५५ हजार ५ रुपैयाँ, उपविजेता हुनेले २७ हजार ५ रुपैया साथमा आकर्षक शिवगढी कप, मेडल र प्रमाणपत्र प्राप्त गरे, महिला तर्फ विजेता टिमले २५ हजार ५ र द्वीतिय हुनेले १० हजार ५ रुपैयाँ साथमा आकर्षक शिवगढी कप, मेडल र प्रमाणपत्र प्राप्त गरे भने यु १४ तर्फ विजेताले ५ हजार ५ रुपैया, उपविजेताले २ हजार पाँच साथमा आकर्षक शिवगढी कप, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    साथै प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उच्च गोलकर्ता र प्रत्येक म्याचका म्यान अफ द म्याच लाई पनि समापन शत्रका प्रमुख अतिथि समेत रहनुभएका नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लप सी को हातबाट पुरस्कार प्रदान गरिएको थियो ।

    विप्लप सी ले खेल क्षेत्रमा राज्यले आवश्यक लगानी र ध्यान दिन नसकेको जिकिर गर्दै खेल जगतले राजनीतिक दल र विभिन्न सन्कृतिमा रहेको सामाज लाई एकैठाउमा उभ्याएर समाज र देखका लागि केही गरौं भन्ने सकारात्मक भावना सिर्जना गर्न भूमिका खेल्ने भएकाले आयोजक लाई प्रतियोगिता आयोजना गएकोमा धन्यवाद व्यक्त गरेका छन ।

    उनले भने , नेपालीहरुले मान्ने नेपालीहरुको महान चाड दशै हो ।यो विश्वको कुनै देशहरुसंग मिल्दैन । यसलाई मनाउने ,रमाउने परम्परा पनि बेग्लै छ ।यसलाई सबैले हर्ष उल्लासका साथ मनाउनुपर्छ भन्दै दशैको शुभकामना समेत ब्यक्त गरेका छन ।

    खेल भनेको व्यायम हो ।यो जिवनको अभिन्न पाटो हो । खेल खेल्न जरुरी छ । खेलको माध्यमबाट पनि हामीले हाम्रो ठाउँको चिनारी बनाउन आवश्यक छ भन्दै पार्टीको तर्फ र आफ्नो तर्फबाट पनि खेलकुदमा सहयोग गर्ने बताएका छन ।

    कार्यक्रम क्लबका प्रमुख सल्लाहकार बिक्रम केसीको सन्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि लगायत अन्य अतिथिहरुबाट बिजेताहरुलाई पुरस्कार बितरण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्