कालिकोट । राज्यको फरक राजनितिकधारको पार्टी नेकपाका महासचिव बिप्लवले कर्णालि भ्रमण गर्ने भएका छन । संगठन बिस्तारका लागी राजनितिक अभियानका क्रममा बिप्लव यही फागुन २५ र २६ गते जुम्लामा जाने कार्यक्रम रहेको छ । अभियानका क्रममा जुम्लाको धाचुगाउमा स्याउ रोप्ने कार्यक्रम रहेको छ । कृषि क्रान्तिको सन्देश दिन २५ र २६ गते स्याउ रोप्ने कार्यक्रम पछि फागुन २७ गते कालिकोटको फोइमहादेबमा स्याउ रोप्ने कार्यक्रममा सहभागी हुने सो पार्टीका कालिकोट सचिव शाहसी सिले बताउनु भयो । फोइमहादेवको स्याउ रोप्नेकार्यक्रम पछि २८ गते कालिकोटको नाग्ममा जनसभा गर्ने कार्यक्रम रहेको छ । नाग्ममा हुने कालिकोट नेकपाको जनसभा लाइ सम्बोधन गरे पछि २९ गते कालिकोट सदरमुकाममा पत्रकार भेटघाट गर्ने कार्यक्रम रहेको छ । ३० गते नरहरीनाथको कुमालगाउमा जनसभा हुने र महासचिव बिप्लवले सम्बोधन गर्नु हुने सचिव शाहसीले बताउनु भयो ।
- शिवगढी कपको उपाधि आयोजकको हातमा, महिला तर्फ गडवा एफसी दाङ्ग लाई
- समाजवादका लागि सामना परिवारको सांङ्गितिक अभियान कपिलवस्तुको शिवगढीमा सम्पन्न
- ४ घन्टासम्म पनि उडन सकेन बुद्ध र यति एयरलाइन्सको उडान
- कपिलवस्तु जिल्लाले पनि मनायो ६९औं प्रहरी दिवस
- आज दिनभरीको मौसम कस्तो छ त ?
- अतितमुखी होइन भबिस्यमुखी भएर एकताका कुरा गरौं
- विशुनपुरको सार्वजनिक जग्गामा वडा कार्यालयको डोजर
- तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै
- नेपालगन्जमा मध्यपश्चिम नामको सहकारीको ठगी धन्दाः ‘३० लाख ऋण लगानी,८५ लाखको तमसुक’
- छाडा चौपाया र अव्यवस्थित सडक पार्किङले सवारी दुर्घटनाको जोखिम