News Portal

नेपाल लाइफ इन्स्योरेन्स कं. लि.द्वारा २५औं वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

जनगर्जन संवाददाता२०८२ बैशाख २१
१६२ पटक

नेपालगन्ज । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २४औं वार्षिक यात्रा पूरा गरी २५औं वर्षमा प्रवेश गरेको अवसरमा नेपालगन्जस्थित शाखा कार्यालयमा एक वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित यस कार्यक्रममा शाखाका कर्मचारी, बीमा अभिकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा “रक्तदान सर्वश्रेष्ठ दान हो” भन्ने मूल सन्देश प्रवाह गरिएको थियो।

नेपाल लाइफ इन्स्योरेन्स नेपालगन्ज शाखा प्रमुख विष्णु प्रसाद शर्माले रक्तदानको महत्त्वबारे प्रकाश पार्दै भन्नुभयो, “आफूले दिएको रगतले अरूको जीवन बच्ने भएकाले ‘रक्तदान जीवन दान’ भनिन्छ। धार्मिक मान्यताअनुसार पनि दान उत्तम कर्म हो भने विज्ञानले पनि प्रमाणित गरिसकेको छ कि दान गरिएका रगत वा अंगहरूले जीवन जोगाउन सकिन्छ। त्यसैले रक्तदान एक अत्यन्त महत्त्वपूर्ण कर्म हो।”

त्यस्तै, पेसागत बीमा अभिकर्ता संघ (बिमक) नेपाल लाइफका केन्द्रीय उपाध्यक्ष जुहारीलाल चौलागाईले भने, “नेपालगन्जको नेपाल लाइफ शाखाले जीवन बीमा मात्र हैन, जीवन दानका रूपमा पनि रक्तदान जस्तो महान कार्य गर्दै आइरहेको छ। हामी जनताको सुरक्षामा मात्र सीमित छैनौं, संकटमा सहयोग गर्ने कर्तव्य पनि हाम्रो हो।”

नेपाल लाइफ इन्स्योरेन्स कं. लि. विगत २४ वर्षदेखि देशभर बीमा सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीले आगामी दिनहरूमा पनि सामाजिक कार्यहरूमा सक्रिय रूपमा संलग्न रहने प्रतिबद्धता जनाएको छ।

तस्वीरहरु

प्रतिकृया दिनुहोस्