News Portal

जिल्ला खेलकुद विकास समिति बागलुङको अध्यक्षमा कँडेल, कोषाध्यक्षमा भण्डारी नियुक्त

जनगर्जन संवाददाता२०८२ बैशाख २४
२७ पटक

बागलुङ । जिल्ला खेलकुद विकास समिति बागलुङको अध्यक्षमा काठेखोला गाउँपालीका वार्ड न ५ का कृष्णप्रसाद कँडेल नियुक्त भएका छन् भने कोषाध्यक्षमा गलकोटका योगेश भण्डारी चयन भएका छन्। उनीहरूलाई खेलकुद परिषद् गण्डकी प्रदेशले नियुक्त गरेको हो।

समितिको उपाध्यक्षमा कल्पना श्रेष्ठ र सचिवमा किशोर थापा यसअघि नै नियुक्त भइसकेका थिए।

१७ सदस्यीय जिल्ला खेलकुद विकास समिति गठनका लागि खेलकुद परिषदको प्रावधानअनुसार विभिन्न पदमा मनोनयन गरिने व्यवस्था छ। परिषद्का सदस्य सचिव श्रीधर शर्माका अनुसार, सदस्यमा विभिन्न खेलमा पदक प्राप्त गरेका वा सहभागी भएकामध्ये एक जनालाई परिषदबाट मनोनित गरिन्छ।

त्यस्तै, स्थानीय तहमा गठन भएका खेलकुद समितिबाट जिल्ला समितिले तीन जना प्रतिनिधि मनोनित गर्ने र जिल्लाका खेल संघबाट एक जना महिलासहित तीन जना सदस्य जिल्ला समितिबाट मनोनित गर्ने व्यवस्था छ।

नव नियुक्त पदाधिकारीहरूले पदभार ग्रहण गरिसकेका छन्।

प्रतिकृया दिनुहोस्