News Portal

चन्दन सीका बुवाको निधनप्रति जनसाँस्कृतिक महासंघद्वारा दुःख व्यक्त

जनगर्जन संवाददाता२०८० फाल्गुण १०
१३६ पटक

काठमाडौं– नेकपा कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य चन्दन सीका बुवाको निधनप्रति अखिल नेपाल जनसाँस्कृतिक महासंघले दुःख व्यक्त गरेको छ । बिहीबार शोक वक्तव्य जारी गर्दै महासंघले दुःख व्यक्त गरेको हो ।

महासंघका अध्यक्ष माइला सी र महासचिव कुशल सीले शाेक वक्तव्य जारी गरि बुवा गगने थापाकाे निधनले संगठनलाई स्तब्ध बनाएको भन्दै बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
‘डोटी जिल्ला जोराइल गाउँपालिका, वडाँ नम्बर ४ लक्ष्मीनगर, दाइनीगडा निवासी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समित सदस्य तथा अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य, समाना परिवारका सह–संयोजक कमरेड चन्दन सीका आदरणीय बुबा गगने थापाको यहि फागुन ९ गते ७४ वर्षको उमेरमा भएको असामयिक निधनले हाम्रो संगठनलाई स्तब्ध बनाएको छ । चन्दनका बुबाको असामयिक दुःखद निधनमा बुवाप्रति हाम्रो संगठन हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै कमरेड चन्दन लगायत सम्पूर्ण परिवनरमा गहिरो समवेदना ब्यक्त गर्दछौं ।’, वक्तव्यमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्