कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय प्रतिनिधि समितिको बैठक आज बाट सुरु हुँदै छ। आज मंगलबार देखी कपिलवस्तुको शिवगढीमा बस्ने बैठकको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले गर्नुहुनेछ ।
प्रनिनिधी समितिको बैठकमा आवधिक कार्ययोजना निर्माण र पुराना योजनाको समिक्षा गरिने केन्द्रिय सदस्य भुसालले बताउनुभयो ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को केन्द्रिय प्रनिनिधी समितिमा १ सय ५० जना र जिल्ला सेक्रेटरी ५० गरी कुल २ सय जनाको सहभागीता रहनेछ ।
केन्द्रिय प्रनिनिधी समितिको बैठक तिन दिन सम्म सन्चालन हुनेछ । त्यस पश्चात् नेकपा केन्द्रिय समितिको बैठक ५ दिन सम्म कपिलवस्तुको शिवगढीमा चल्ने उक्त पार्टीका केन्द्रिय कार्यालयले जनाएको छ ।
केन्द्रिय प्रनिनिधी समितिका सदस्यहरुलाई कपिलवस्तुको शिवगढीमा रहेको केन्द्रिय कार्यालयमा खाने बस्ने व्यवस्थापन मिलाइएको समेत केन्द्रिय कार्यलयले जानकारी गराएको छ।
नेकपाको केन्द्रिय प्रतिनिधि समितिको बैठक सुरु
जनगर्जन संवाददाता
- आजसम्म अरूलाई साथ दिनुभयाे, अब हामीलाई साथ दिनुहाेस् : विप्लव सी
- नेपाली बिशेषताको समाजबाद भनेको जनताले चाहेको बैज्ञानिक समाजबाद हो।:-विषम सी
- संस्कृतिक परम्परा क्रमशः रुपान्तरण एक बिबस्ता ।
- विश्वका नेताहरूले अर्थतन्त्रको विषयमा सोचेभने विश्वभर गरिबी हट्छ। विप्लव सी
- युवा संगठन नेपाल पाचौं केन्द्रिय समितिको बैठक आजदेखि सुरु जनपत्रिका
- चुनाव पनि क्रान्तिकै मोर्चा हो :-विप्लव सी
- श्रमिक दिवस यसरी मनाउदै छन महासचिव विप्लव सी
- राजपुरमा आगलागी पीडितका घर टहरा बनाउदै विप्लवका नेताकार्यकर्ता , ३ दिनसम्म श्रम शिविर चलाइने
- मध्यपूर्वको लडाइँले साम्राज्यवाद मरणासन्न अवस्थामा छ भन्ने पुष्टि हुन्छ : आस्था सी
- मद्येस प्रदेश स्तरिय प्रशिक्षण सुरु