News Portal

  • नेकपाको केन्द्रिय प्रतिनिधि समितिको बैठक सुरु

    जनगर्जन संवाददाता
    १२९ पटक

    कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय प्रतिनिधि समितिको बैठक आज बाट सुरु हुँदै छ। आज मंगलबार देखी कपिलवस्तुको शिवगढीमा बस्ने बैठकको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले गर्नुहुनेछ ।
    प्रनिनिधी समितिको बैठकमा आवधिक कार्ययोजना निर्माण र पुराना योजनाको समिक्षा गरिने केन्द्रिय सदस्य भुसालले बताउनुभयो ।
    बैठकमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को केन्द्रिय प्रनिनिधी समितिमा १ सय ५० जना र जिल्ला सेक्रेटरी ५० गरी कुल २ सय जनाको सहभागीता रहनेछ ।
    केन्द्रिय प्रनिनिधी समितिको बैठक तिन दिन सम्म सन्चालन हुनेछ । त्यस पश्चात् नेकपा केन्द्रिय समितिको बैठक ५ दिन सम्म कपिलवस्तुको शिवगढीमा चल्ने उक्त पार्टीका केन्द्रिय कार्यालयले जनाएको छ ।
    केन्द्रिय प्रनिनिधी समितिका सदस्यहरुलाई कपिलवस्तुको शिवगढीमा रहेको केन्द्रिय कार्यालयमा खाने बस्ने व्यवस्थापन मिलाइएको समेत केन्द्रिय कार्यलयले जानकारी गराएको छ।

    प्रतिकृया दिनुहोस्