News Portal

  • रास्वपा सभापति रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍्मा टाँस

    जनगर्जन संवाददाता२०८१ कार्तिक ३
    २३४ पटक

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पार्टी सभापति रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍्मा टाँस गरि पक्राउ गरिएको जानकारी गराइएको छ ।

    सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले शनिवार सो सम्बन्धी सुचना प्रकाशन गरिएको जानकारी दिएका छन ।

    संसदलाई जानकारी गराइएको सूचनामा लेखिएको छ, ‘चितवन जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्य रवि लामिछानेलाई कास्की जिल्ला अदालतको मिति २०८१–०७–०२ गतेको पक्राउ अनुमति बमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरिएकोले नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम जानकारी गराइएको भन्ने समेत ब्यहोराको जिल्ला प्रहरी कार्यालय, कास्की, अपराध अनुसन्धान तथा कारबाही शाखाको प.सं. २०८१–०८२ च.नं. ७०२७ मिति २०८१–०७–०२ गतेको पत्रबाट सम्माननीय सभामुखज्यूलाई लेखी आएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम २ को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

    प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम २ मा संसद् बैठक नचलेको अवस्थामा सांसद पक्राउ सम्बन्धी सूचना प्राप्त भएमा सभामुखले सचिवालयको सूचना पाटीमा सोको सूचना टाँस गर्न लगाई सार्वजनिक गर्न लगाउनेछ’ भन्ने प्रावधान रहेको छ ।

    शुक्रबार सांसद लामिछानेलाई सहकारी प्रकरणमा काठमाडौँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो । भोलि उनलाई अदालतमा पेस गरेर अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।

    प्रतिकृया दिनुहोस्