News Portal

काठमाडौँको मसिनेमा पहिरोमा पुरिएको कारबाट यात्रु सकुशल उद्धार

जनगर्जन संवाददाताअसार १५,२०८२
२१ पटक

काठमाडौँ, असार १५ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित मसिनेमा शनिबार राति एक कार पहिरोमा पुरिएको छ। मसिनेबाट थानकोटतर्फ जाँदै गरेको बा.५ च ११४५ नम्बरको कार रातिको समयमा खसेको पहिरोमा पुरिएको हो।

घटनापछि सुरक्षाकर्मीले तत्काल उद्धार कार्य थालेका थिए। जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार पहिरो पन्छाएर कारलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ। कारमा सवार सबै यात्रु सकुशल छन् र उनीहरूलाई समयमै उद्धार गरिएको प्रहरीको भनाइ छ।

अत्याधिक वर्षाका कारण काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा पहिरोको जोखिम बढेको प्रहरीको चेतावनी छ। मसिने क्षेत्रलाई संवेदनशील ठानिँदै आएको छ र त्यहाँ यात्रुहरूलाई सचेत रहन आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्