News Portal

  • हप्तामा दुई दिन सरकारी बिदा

    जनगर्जन संवाददाता
    ५१८ पटक

    १ जेष्ठ, काठमाडौं   गत वैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले जेठ १ गतेदेखि लागु हुनेगरी हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । आजदेखि हप्तामा दुई दिन शनिबार र आईतबार सरकारी बिदा हुने भएको छ ।

    पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो । त्यसअनुसार सरकारले सातामा दुई दिन बिदा दिएको हो । मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन् ।

    प्रतिकृया दिनुहोस्